Sorry, that menu does not exist.
 

छत्रभूमि संरक्षण विकास प्रतिष्ठानको विगत ३२ बर्षदेखि निरन्तर अध्यक्षमा थापा

कौरव खत्री, गुल्मी २०७५ असोज ३१ । गुल्मीको छत्रभूमि संरक्षण विकास प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका १ पौदीअमराई कोटमा हिजो मंगलबार विधिवत रुपमा फुलपाति भित्र्याएपछि बसेको साधारण सभाले वरिष्ठ समाजसेवी हरि बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय छत्रभूमि संरक्षण विकास प्रतिष्ठान समितिको पूनर्गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा सपना घिमिरे, कमलराज आचार्य,सचिव तेजनारायण पौडेल, सह–सचिव पृथ बहादुर जिसी,कोषाध्यक्ष रामराज घिमिरे रहेका छन ।

साथै समितिको अन्य सदस्यहरुमा चिरिञ्जीवी थापा,कृष्ण बहादुर घिमिरे, बिष्णुप्रसाद आचार्य, सावित्रा श्रेष्ठ, हेम बहादुर बलामी, उमबहादुर परियार, निम बहादुर केसी,वडाअध्यक्ष पूर्ण बहादुर हितान, पदेन सदस्य बाह्मण समेत रहेका छन ।

यस्तै साधारण सभाले दल बहादुर थापा (क)को संयोजकत्वमा सल्लाहकार समितिको गठन गरेको छ । समितिका अन्य सदस्यमा लाल बहादुर घिमिरे,होमनाथ आचार्य,बाल कुमारी आचार्य,पूर्णसिंह जिसी,गोपाल गिरी,भूमा खरेल,मोहन भूषाल,उमानन्द खरेल,सुवेदार मेजर बिष्णुध्वज खाती रहेका छन् ।
साथै सोही अवसरमा यस क्षेत्रका स्वदेश तथा विदेशमा रहेका पौदीबासीहरु एवं सबै नेपालीहरुमा वडादशैको शुभकामना आदान प्रदान गरिएको थियो ।

पौदीवासीहरुको धार्मिक तथा आस्थाको धरोहरको रुपमा रहेको यस छत्रभूमि मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको हिसावले समेत संरक्षण र प्रर्वद्धन गर्न विगत २०४३ सालदेखि अध्यक्षमा रहेर थापाले यस कोट मन्दिरको पूनर्निर्माण एवं जिर्णोद्धार कार्यमा सक्रिय रुपमा निरन्तर प्रतिष्ठान मार्फत काम गदै आएका छन् । उक्त साधारण सभामा समाजसेवी बुद्धिजिवी महिला युवा लगायतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply