Sorry, that menu does not exist.
 

स्वर्गीय मातापितको स्मृतिमा सत्तल निर्माण : पर्यटकीय क्षेत्रको प्रचारमा जोड दिन आग्रह !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ असोज ३१ । गण्डकी प्रदेशका सासंद इन्द्रलाल सापकोटाले धार्मिक पर्यटनको विकासका लागि पुर्वाधार तथा संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । बागलुङ नगरपालिका–६ सिमका कृष्णप्रसाद उपाध्यायले आफ्ना स्वर्गिय माता पिताको स्मृतीमा निर्माण गरेको सत्तल हस्तान्तरण कार्यक्रममा बोल्दै सापकोटाले बागलुङ जिल्लामा रहेको पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारमा पनि जोड दिनुपर्ने बताए ।

सापकोटाले देश संघियता कार्यन्वयनको प्रारम्भीक चरणमा रहेकाले जनताको चाहान बमोजिमका कार्य गर्न केहि कठिनाई भएता पनि अवको ४ बर्ष भित्रमा सबै खालका काम गरि देखाउने बताए । नयाँ ऐन कानुन निमार्ण गर्दा केहि कुनियत भएका मानिस तर्सिएको बताउदै उनिहरुले फैलाएको भ्रमको पछि नलाग्न आग्रह समेत गरे ।

बागलुङ नगरपालिका बडा नं ६ सिमका उपाध्यायले गाउको भगवती मन्दिरमा सत्तल निमार्ण गरि मन्दिर व्यवस्थापन समितिलाई आज हस्तान्तरण गरेका हुन् । सत्तल अभावको कारण धार्मिक कार्य गर्दा असहज भएकाले आफ्ना स्वर्गिय माता चन्द्रकला, पिता हरिप्रसाद र श्रीमती रत्नकुमारी उपाध्यायको स्मृतिमा आफुले करिव ११ लाखको लागतमा सत्तल निमार्ण गरेको उनको भनाई थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, बानपा–६ का बडा अध्यक्ष खिमराज सापकोटा, बानपा–५ का बडा अध्यक्ष शिवप्रसाद सापकोटा, सत्तल निमार्णकर्ता कृष्ण प्रसाद उपाध्याय, पदमपाणी शर्मा लगाएतले शुभकामना मन्त्यव्य राखेका थिए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिले सत्तल निमार्ण गर्ने उपाध्यायलाई दोसल्ला तथा कलशले सम्मान गरीएकोे थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कर्ण बहादुर क्षेत्री आचार्य तथा सञ्चालन माधब प्रसाद उपाध्यायले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply