Sorry, that menu does not exist.
 

बुर्तिबाङमा मानव बेचबिखन बिरुद्धको स्थानीय समिती गठन !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन २६ । ब्ुार्तिबाङमा सहित निसि भुजि क्षेत्रम हुने मानब बेचबिखन कार्यलाई रोक्नका निम्ती बुधबार बुर्तिबाङमा मानब बेचबिखन बिरुद्धको समिती गठन गरिएको छ ।

निसी भुजी क्षेत्रमा बढी मात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानब बेचबिखनका घटना हुने गरेकोले प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे संयोजक रहेको जिल्ला कार्य समितीको आयोजनामा बुर्तिबाङमा सो समितीको गठन गरीएको हो ।

कर्यक्रमबाट बुर्तिबाङ गाविस सचिब चण्डिप्रसाद शर्माको संयोजगत्वमा १३ सदस्यीय समितीेको गठन गरिएको छ । समितिको अन्य पदाधिकारीमा महिला समन्वय समितीबाट कमला अर्याल र डिलमाया पौवी, बुर्तिबाङ महिला बचत सहकारीबाट रत्ना शेरचन, बाल सञ्जाल प्रतिनीधिबाट अमृत श्रीपाली , स्थानीय पत्रकारहरु छबिलाल पाण्डे, राम सुबेदी ,कृष्ण कँडेल, सामाजिक परीचालकको तर्फदेखि बिष्णुु बिक, ईलाका प्रहरी कार्यालयको तर्फदेखि प्रहरी निरीक्षक कृष्ण रानामगर, वडा नागरीक मञ्चबाट पुर्ण बिक, मनोनित सदस्यमा गण्डकी थापा र चुडा मणि भुषाल तथा महिला स्वास्थ्य स्वयं सेविकाको तर्फदेखि एक पद पछी पुर्ति गरीने बताईएको छ ।

उतm समितीले यस क्षेत्रमा हुने मानब बेचबिखनका घटना न्युनीकरणका निम्ती कार्यक्रम गर्ने, बेचबिखन, अ‍ोसार पसारमा पर्न लागको थाहा पाएमा न्याय दिलाउन सम्बन्धित निकायमा पुर्याउने, ग्रामिण क्षेत्रमा चेतना मुलक कार्यक्रम गर्ने बताईएको छ ।

प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी चन्द्र कुवेर खापुङको उपस्थिती रहेको कार्यक्रम महिला तथा बालबालिका कार्यालय बागलुङकी अधिकृत सीता अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply