शव्द/चित्र : बसन्त घर्तीमगर,
तमान २०७५ कात्तिक ७ । देशमा धेरै परिवर्तन आए तर तमानखोला गाउँपालिका साबिक तमान गाविसमा प्राचीन समय देखी रहिआएको मुखिया प्रथा भने अहिले सम्म कायमै रहेको छ । यस प्रथालाई स्थानीयवासीले स्वीकार्दै आई रहेका छन् ।
गाउँमा चलिआएको रीति थितिलाई पालन गर्न, गराउन गाउँलेहरुले मुखिया (मुली) चुन्थे । अहिले मुखियालाई थिति अध्यक्ष भनेर बोलाईन्छ । यिनको काम गाउँमा बन जङ्गलमा जथाभावी फडानी गर्न नदिने, निश्चित समयमा फुकाउने र काट्न पाइने, वस्तुभाउलाई खेतबारीमा पस्न नदिने, गाउँको चारकिल्लाको रेकर्ड राख्ने, घास, दाउरा, स्याउला, गाजो आदि काटन नदिने निश्चित सीमा र समय अबधिमा मात्र काट्न पाउने गाउँभरिका जनताले मान्दै आएको ४ पुजा (सिद्ध पूजा, बराह पूजा, भुमे पूजा र देवी पूजा) गर्ने, गराउने थिती समितिले बर्षमा दुई चान (पटक) कात्तिके चान र पुसे चानमा गाउँ सभा अनिवार्य गर्नु पर्ने मान्यता रहि आएको छ । यस थितीलाई गाउपालिकाका पदाधिकारी, समाजसेवी लगायत सबैले मान्दै आएका छन् । यस प्रथाले गाउँमा चलनचल्तीमा रहेका प्रथा परम्पराहरुको संरक्षण एवं जगेर्ना गर्न सहयोग पुगेको छ ।
addidas काे ज्याकेट लगाएका ललितबहादुर घर्तीमगर हालका मुखिया हुन् ।
पहिले पहिले पाका उमेरका स्थानीयहरु मध्य मुखिया (थिती अध्यक्ष)छानिन्थे भने पछिल्लो समय ३०/३५ वर्ष उमेरका युवाहरु थिती अध्यक्ष चुनिन थालेका छन् । हालका थिती अध्यक्ष (मुखिया) तमानका ३५ वर्षिय ललितबहादुर घर्तीमगर रहेका छन् । उनी २०७२ सालको पुसे चान बाट मुखिया (थिती अध्यक्ष) बनेका हुन् ।