कमल पौडेल, बडीगाड बागलुङ २०७५ कात्तिक ८ । गण्डकी प्रदेशका सांसद चन्द्र बहादुर वुढा सागरले संघियता मार्फत राजनैतिक अधिकार प्राप्त भएकोले अव विकासको अभियानमा लाग्न सवैलाई आह्वान गरेका छन् ।
कोजाग्रत पूर्णिमाको अवसरमा दगातुन्डाडा पूर्णिमामेलालाई सम्बोधन गर्दै वुढाले जनता अधिकार सम्पन्न नभएसम्म विकास हुन नसक्ने र अवको क्रममा विकासको नविन पद्धतिमा जोडिनुपर्ने वताए । सांसद बुढाले बडीगाड गाउँपालिकाको वडा नं. १ केन्द्रिय तथा प्रदेश वजेटमा छुटेको भन्दै आगामी वर्ष प्राथमिकतामा वजेट विनियोजन हुने प्रतिवद्धता व्यक्त गरे । मौलिक संस्कृति र सभ्यता राष्ट्रको चिनारी भएकोले त्यसलाई जोगाउन सवै एकतावद्ध भएर लाग्नु पर्ने वताउँदै वुढाले प्रत्येक गाउँलाई उत्पादन संग जोड्नु पर्ने वताए ।
कार्यक्रममा बडीगाड संस्कृति संरक्षण केन्द्रका उपाध्यक्ष कृष्ण भट्टराई, बडीगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मेला आयोजक समितिका अध्यक्ष वेद प्रसाद पोखरेलको अध्यक्षता, चिसापानी युवा क्लवका अध्यक्ष रमेश वुढाथोकीको स्वागत मन्तव्य तथा सचिव हरिलाल नेपालीको संचालनमा सम्पन्न भएको थियो ।
चिसापानी युवा क्लवको आयोजना, खड्क देवी गुठी समितिको प्रवद्र्धनमा भएको कार्यक्रममा सरायँनाच, भैलो, सोरठी, भजन सहित साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो। दगाकोतमा सय वर्ष भन्दा पहिले देखिनै सरायँ नाँच नाचिँदै आएको छ।