Sorry, that menu does not exist.
 

आजको तस्वीर : अमिलो पेलेर चूक !

शव्द/चित्र:बालकृष्ण सुवेदी,

गल्कोट २०७५ कात्तिक ८ । अहिले अमिलो पेल्ने सिजन सुरु भएको छ । गल्कोट उपत्यकाका विभिन्न भागमा स्थानीयहरु अमिलो टिपेर परम्परा प्रविधिबाट अमिलोको दाना (गेडा) पेलेर झरेको रसलाई आगोमा पकाएर चूक बनाउने गर्छन् ।

चूक अचार, माछा एवं अन्य तरकारीका परिकारहरुमा राखेर प्रयोग गरिने अति रसिलो बस्तु मानिन्छ । यसलाई स्थानीयहरु ओषधीको रुपमा पनि प्रयोगमा ल्याउने गर्छन् ।

स्थानीयहरुले अमिलोबाट चूक बनाएर बिक्री गरी कमाई गर्दै आएको भएपनि यसलाई व्यवसायिकरुपमा भने धेरै कमले आम्दानीको श्रोत बनाउने गरेका छन् ।
प्रस्तुत तस्वीर गल्कोट खरुवाको हो । यहाँ अहिले स्थानीयहरु अमिलो पेल्न व्यस्त रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply