बालकृष्ण सुवेदी, गल्कोट २०७५ कात्तिक ९ । अहिले गल्कोट उपत्यकाबासीलाई दोहोरो चटारो परेको छ । एकातिर मुख्य धानबाली स्याहार्ने थन्काउने हतार त अर्कोतिर हटियामा आज देखी सुरुभएको गल्कोट महोत्सवको रमझम हेर्न भ्याईन्न कि भन्ने चिन्ता ।
त्यसो त, गल्कोटका किसानहरु अधिकांशले धानबाली काटीवरी झाँटझुट पारी दाईँ हाल्ने तरखरमा रहेका छन् । तर वर्षातको सन्त्रासले बाली थन्काउन उनिहरुलाई हतार छ । अर्कोतिर नेपाली सिने जगतमा ख्यातिप्राप्त नायक, नामूद हास्यकलाकारहरु देखी चर्चित लोक गायक गायिकाहरुको कर्णप्रिय सुरिलो आवाज सुन्नलाई लालायित संगीत प्रेमी गल्कोटबासीहरु महोत्सवप्रतिको आकर्षण पनि त्यत्तिकै छ ।
धान रोपाई जिल्लाका अन्य भूभागहरु भन्दा पहिले र कटाई थन्काईपनि अन्य भागका किसानहरुले भन्दा पहिले सिध्याउने गल्कोटका किसानहरुको प्राथमिकतामा बालीनाली थन्क्याउने नै हो, तैपनि मौकाले महोत्सवको रमाईलो हेर्न देख्न पाईने अवसरलाई हातबाट फुत्कन दिन पनि त भएन भन्ने पिरलोमा उनिहरु देखिन्छन् ।
गल्कोटको लटरम्म धानको बाला झुलेको गल्याङ फाँट, धान काट्दै गरेका युवतीहरु, धानका बिटाहरु थन्काउदै गरेका युवाहरुको दृश्य गल्कोटका प्रत्यक भागहरुमा देख्न सकिन्छ ।
उता त्यत्रो तामझाम सहित शुभारम्भ भएको गल्कोट महोत्सवमा सहभागी हुन नपाईने टेन्सनले युवा जमात हतारमा रहेको छ । तीन दर्जन बढी कलाकारहरुको सांगीतिक प्रस्तुतीको गाउँघरमै मनोरन्जन लिन पाईने अवसर चुक्न नदिने भरमग्दूर प्रयासमा गल्कोटे युवाहरु रहेका छन् ।
गल्कोटेहरुलाई एकातिर धानबाली थन्क्याउन हतार, अर्कोतिर महोत्सवको रमझम छुट्ला भन्ने चिन्ता… !
२०७५ कार्तिक ९, शुक्रबार १७:५५
Footer Slider, Top News, अन्य समाचार, थप समाचार, विविध
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४