दिपसागर पौडेल, पर्वत २०७५ कात्तिक १० । कुश्मा नगरपालिका ७ खरेहा स्थित भड्खोरे सामुदायिक बन उपभोक्ता समितिले शनिबार विशेष भेला आयोजना गरि १०८ वर पिपल सार्ने योजना तय गरेको छ । उक्त भेलाका प्रमुख अतिथि ईलाका बन कार्यलय अधिकृत चुडामणी बरालले उक्त कार्यक्रम सराहनीय भएको बताउदै धार्मिक कार्यमा सबै लागेकोमा खुशी व्यक्त गर्दै १०८ बरपिपलका कारण र पर्टयकीय हिसाबले पनि खरेहालाइ चिनाउन सकिने कुरा बताए ।
त्यस्तै स्थानीय वडा नं ७ का अध्यक्ष सवास चन्द्र पौडेलले १०८ बर पिपललाइ बिशेष गरि मुक्तिनाथ सम्मको यात्राका क्रममा आउने श्रद्धालु भक्तजनहरुलाई धार्मिक स्थलका रूपमा स्थापना गरि बाह्य प्रयर्ट्नका रूपमा पनि बिकास गर्न सकिने कुरामा जोड दिए । उक्त भेलाले १०८ बरपिपल सार्ने गरि सागर गिरिको१६ समितिको संयोजकत्वमा उप समिति गठन गरेको छ । जसको सदस्यमा गोबिन्द पौडेल, देबि कुमारी शर्मा , राधा कुमारी शर्मा ,सुरेन्द्र पौडेल , बुद्धि बहादुर श्रेष्ठ , दिपकराज पौडेल , नयनाथ गौतम एकनारायण तिमिल्सिना , मिठु छेत्री , भरत कुमार श्रेष्ठ , कुलप्रसाद श्रेष्ठ , तिर्थराज शर्मा, महेन्द्र जिसि , दुर्गा सापकोटा र कृष्ण प्रशाद शर्मालाई भेलाले उपसमितिमा चयन गरेको हो । भडखोरे सामुदायिक बनका अध्यक्ष तेज गिरिले श्री खरेहा मुक्तिनाथ पार्क निर्माण गरि नेपालकै एतिहासिक सम्पदाको रूपमा चिनाउनका लागि बन उपभोक्ता सबैलाइ अबगत गराए ।