कमल पौडेल, वामी गुल्मी २०७५ कात्तिक ११ । वामी विश्व सम्पर्क मञ्च, गुल्मीले वरिष्ठ गायक, संगीतकार तथा निर्देशक नारयण रायमाझीलाई ताम्रपत्रले सम्मान गरेको छ।
नौमति वाजा महोत्सव २०७५ को अवसर पारेर रायमाझीले नेपाली साँगितिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो ताम्रपत्र प्रदान गरिएको हा े। पाल्पाको झडेवामा जन्मी नेपाली लोक संगितमा पुर्याएको योगदानको कदर गरिएको हो । नेपालीहरुले भोगेका दुःख र वेदनाहरुलाई जस्ताको तस्तै टपक्क टिपेको र लोपोन्मुख कला संस्कृतिलाई जोगाएकोले कलाकार रायमाझिलाई सम्मान गरेको नौमति वाजा महोत्सवका संयोजक वैकुण्ठ रायमाझीले वताए भने सम्मानित रायमाझीले वामी टक्सारमा भएको नौमति वाजा महोत्सवमा सहभागि भए वापत पाउनुपर्ने कुनै पनि पारिश्रमिक नलिने र महोत्सवलाई थप सहयोग गर्ने वताएका थिए ।
कार्यक्रम संयोजक वैकुण्ठ रायमाझीका अनुसार गायक रायमाझीले कुनै पारिश्रमिक नलिने तथा कार्यक्रमको भिडियो प्रकाशन गरेवापत आउने रकम समेत महोत्सवकै लागि खर्च गर्ने भएका छन् ।
यसैविच वामी विश्व सम्पर्क मञ्चले वामीमा भएको नौमति वाजा महोत्सव २०७५ को कुनै पनि भिडियो आयोजकको अनुमति विना सार्वजनिक नगर्न अनुरोध समेत गरेको छ । युटुव लगाएतका सामाजिक संजालवाट प्राप्त हुने आम्दानीलाई संस्कृति सम्बर्दनमा लगाउने योजना रहेको कार्यक्रम संयोजक रायमाझीले जानकारी दिए ।