शव्द/चित्र : झरना कँडेल
बुर्तिवाङ २०७५ कात्तिक ११ । ढोरपाटन नगरपालिकाले नवनियुक्त नगरप्रहरीलाई आज पोसाक उपलब्ध गराएको छ । नगरपालिकाले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को ब्यवस्था अनुसार नगरपालिकाको आफ्नै मातहतमा रहने गरी गत असोज ७ गते छनोट गरेका ५ जना नगर प्रहरीहरुलाई कालो रङको पोसाक उपलब्ध गराएको हो ।
सो अबसरमा बोल्दै नगरप्रमुख देबकुमार नेपालीले नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने दायित्व समेत नगर प्रहरीको रहने भएकाले नगरपालिकाको हितमा रहेर काम गर्न निर्देशन दिए ।
फुट्पाथमा राखिएका पसलहरुको ब्यवस्थापन, नगरभित्र रहेका पसल दर्ता भएको छ वा छै्रन हेर्ने लगाएतका काम नगर प्रहरीको रहेको बताउदै नगर प्रमुख नेपालीले नगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयनको भुमिका रहने बताए ।
यस्तै नगरप्रहरीले बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेको मिलापत्र तथा निर्णयको कार्यान्वयन, विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनःस्थापना, जथाभावी विज्ञापन तथा होडिङ्ग बोड राख्न नदिने, छाडा पशु चौपायाको नियन्त्रण गर्ने, सार्वजानिक सम्पत्तिको अतिक्रमणमा रोकथाम गर्ने लगाएतका कामहरुको जिम्मेवारी नगर प्रहरीमा रहेको नगर प्रमुख नेपालीले स्पष्ट पारे ।
नगर प्रहरीमा १ जना नगर प्रहरी सहायक निरीक्षक र २÷२ जना पुरुष÷महिला नगर प्रहरी जवान गरी जम्मा ५ जना छन् ।
आजको कार्यक्रममा ढोरपाटन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल , लेखापाल अमृत प्रसाद पौडेल , नगरप्रमुखका स्वकीय सचिब केशर बहादुर छन्त्याल लगायतको उपस्थीतरी रहेको थियो ।