Sorry, that menu does not exist.
 

बुर्तिवाङका खबर : नेपाल बैंकमा ईसीसी सेवा सूचारु, स्वास्थ्य प्रयोगशाला सञ्चालन !

सुमन सुनार, बुर्तिवाङ, २०७३ फागुन २७ । बुर्तिबाङमा रहेको नेपाल बैंक लिमिटेड शाखाले विहिवार बाट ईसिसि सेवा अर्थात इलेक्ट्रोनिक्स चेक किलिरिएन्स सेवा सूचारु गरेको छ ।

कुनै पनि व्यक्ति वा संस्थालाई नेपाल बैंक वाहेका वित्तिय संस्था वा बैंकका नाममा रहेको एकाउन्ट पे चेकलाई अव सोझै नेपाल बैंकमा खोलिएको खातामा राख्ने सेवा सूचारु भएको हो ।

अरु वित्तिय संस्थाहरुले दिएका एकाउन्ट पे चेकलाई तत्काल २ घण्टाभित्र नेपाल बैंकको खातामा रकम जम्मा गर्नसक्ने सेवा सूचारु गरिएको बैंकका शखा प्रवन्धक सुरज घिमिरेले बताए ।

विषेश गरि विभिन्न सरकारी कामकाजका खाताहरु नेपाल बैंकमा खोलिने तर कारोवार गर्ने निकायले अरु नै वित्तिय संघ संस्थाका चेक दिएको खण्डमा समस्या झेल्दै आएका सेवाग्राहीलाई मध्यनजर गरि बैंकले यस्तो सेवा सुचारु गरेको प्रबन्धक घिमिरेको भनाई छ ।

बैंकलाई आधुनिक तवरले सञ्चालन गर्नका लागि तत्काल एटिएम सेवा विस्तारको तयारी भइरहेको पनि घिमिरेले जानाकारी दिए । अरु कुनै पनि वित्तिय संस्थाले सञ्चालन गरेको एटिएम सेवामा जहाँ एस टि सी नेटवर्क छ त्यहाँबाट नेपाल बैंकको रकम झिक्न सकिने समेत व्यवस्था रहेको बैंकले जनाएको छ ।

बुर्तिबङमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन

बुर्तिबाङमा बिहिवारबाट अत्याधुनिक स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । ल्याव असिस्टेन्ट किसान शाही र ल्याव टेक्निसियन अर्जुन चन्दको १५ लाख लगानीमा बुर्तिबाङ प्याथोलोजीका नामबाट बुर्तिबाङ भगवती टोल अस्पताल लाईनमा उक्त सेवा सुचारु भएको हो ।

ल्याबमा मानवीय स्वास्थ्य चेकजाँचका लागि अत्यावश्यक रहेको ४ वटा कल्चर मेसिन राखिएको छ भने, अटो एनलाईजर र बायो एनलाईजर समेत राखि तत्काल कम्प्युटर प्रिन्टरमार्फत स्वास्थ्य परीषणको रिपोर्ट दिईने व्यवस्था समेत गरिएको सञ्चालक तथा ल्याव असिस्टेन्ट शाहीले बताए ।

उक्त प्रयोगशाला सेवाबाट विहिवार ४२ जनाले निशुल्क स्वास्थ्य परिक्षण समेत गराएका छन् । उदघाटन कार्यक्रम रहेको भन्दै नागरिकलाई उच्च स्तरीय प्रविधिको प्रयोगशालाबाट स्वास्थ्य परीक्षण गरिने अर्का सञ्चालक अर्जुन चन्दले बताए ।

उक्त ल्यावबाट अव बुर्तिबाङ बजारमै गुणस्तरीय र नयाँ प्रविधिमा थप अतिरिक्त सेवा सहित कलेजो, किडनी सम्बन्धी चेकजाँच, मोटोपन, प्रेसर, सुगर तथा मुटुरोग सम्बन्धिी चेकजाँच गरिने भएको छ । सरकारी स्वास्थ्य संस्थामा समेत नभएको उक्त सेवा दुईजना ल्याव टेक्निीसियनको लगानीमा पहिलो पटक बुर्तिबाङ भित्राइएको छ ।

सो ल्यावबाट रगत, दिसा पिसाव, खकार तथा विग्रेको घाउको पिप चेकजाँचका लागि कल्चर फंसन सहितको प्रयोगशाला सेवा राखिएको ल्याव असिस्टेन्ट शाहीले बताए ।

जातिय समता समाजको ढोरपाटन नगरपालिका स्तरीय समिति गठन

राष्ट्रिय जनमोर्चा निकट दलित भातृ संगठन जातिय समता समाजको ढोरपाटन नगरपालिका स्तरीय समिति गठन भएको छ ।

बिहिवार भएको नगर स्तरीय भेलाले बोबाङका पनबहादुर विश्वकर्मालाई अध्यक्षमा चयन गरेको छ । भेलाले उपाध्यक्षमा चुनमान दर्जी, सचिवमा बीरबहादुर श्रीपाली, सह सचिवमा पार्वती दर्जी र कोषाध्यक्षमा जेमबहादुर श्रीपाली रहेका छन् ।

जातिय समता समाजका बुर्तिबाङ एरिया उपाध्यक्ष चुनमान दर्जीको अध्यक्षतामा भएको भेलामा बोल्दै प्रमुख अतिथि विकले, दलित समुदायमा विभिन्न वहाना बनाएर दलितका भोट आफ्नो पक्षमा पार्न विभिन्न दलहरु क्रियाशील भएको भन्दै , राजनैतिक नेतृत्वमा आउन दलितलाई छेक्ने तर भोट मागेर गाउँ स्तरका दलितहरुलाई यता र उताको पार्टिमा आईस गईस भन्दै वदनाम गर्ने गरेको आरोप लगाए । दलित समुदायभित्रको कमजोर चेतनामाथि खेल्न नदिन अव जातिय समता समाजले आफ्नो इलाका क्षेत्र, वडा र टोलटोलमा संगठित भएर गलत भ्रमको अन्त्य गर्ने पनि उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरीश्वर पाण्डेले शुभकामना मन्तव्य राख्दै, तत्काल स्थानीय निकायको निर्वाचन आएकाले आफ्नो स्थानमा बलियो संगठन निर्माण गर्दै दलित समुदायका तर्फबाट स्थानीय निकायको निर्वाचनमा उमेदवार खडा गर्न निर्देशन दिएका थिए ।

यस्तै एरिया अध्यक्ष धनबहादुर अदैले, स्थानीय स्तरमा आफ्नो पकड बलियो बनाउन अव जनस्तरबाटै लाग्नुको विकल्प नभएको भन्दै राष्ट्रिय जनमोर्चा सँगै समता समाजले पनि संगठन निर्माण अभियान थाल्ने बताए ।

समता समाजका बीरबहादुर श्रीपालीको स्वागत मन्तव्य तथा पार्वती दर्जीको सञ्चालनमा भेला सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply