Sorry, that menu does not exist.
 

आज देखी स्थानीय तह पुनर्संरचना लागु, देशमा अब ७४४ स्थानीय तह !

काठमाडौँ २०७३ फागुन २७ । नवनियुक्त उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले आज पदभार ग्रहण गरे लगत्तै राजपत्रमा प्रकाशित सूचना सार्वजनिक गर्दै आजै बाट नयाँ संरचना लागु भएको घोषणा गरेका छन् । यो घोषण पछी यस अघीका ३१५७ गाउ विकास समित खारेज भएर नयाँ संरचना अनुसार ४८१ गाउ पालिका बनेका छन् ।

आज शुक्रवार देखी देशमा ७४४ स्थानीय तह कार्यान्वयनमा आएको छ । नयाँ संरचना अनुसार मुलुकमा महानगर ४, उपमहानगर १३, नगरपालिका २४६ र गाउँ पालिका ४८१ र वडाहरुको संख्या ६,६८० रहने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply