काठमाडौ २०७३ फागुन २७ । कन्चनपुरमा भारतीय सशस्त्र सीमा बलको गोली प्रहारबाट एक नेपालीको हत्या गरिएकोमा समुचा मुलुक आन्दोलित बनेको छ । विभिन्न स्थानमा यस घटनाको विरोधमा जुलसहरु निस्किरहेका छन् भने आम नेपाली नागरिकहरुले यस घटनाको घोर भत्सर्ना गरिरहेका छन् ।
यसैवीच राजधानी काठमाडौँको सीतापाईला स्थित नागार्जुन कम्युनिकेसन,स्टेसनरी एण्ड सप्लायर प्रालिका सन्चालक माधव अधिकारीले एक विज्ञप्ती प्रकाशित गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोे जनाउदै भारतीय सुरक्षा फौजबाट निर्दोष नेपालीको हत्या हुनु अत्यन्त निन्दनीय भएको बताएका छन् ।
घटनाको अनुसन्धान गरी दोषीलाई न्यायको कठघरामा ल्याउन, परिस्थिति नियन्त्रणमा लिन र सीमा क्षेत्रमा थप घटना हुन नदिन भारत सरकारसँग विज्ञप्ती मार्फत उनले माग गरेका छन् । भारत सरकारको उच्च कूटनीतिक तहमा यसबारे दवाव सिर्जना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीको अन्तमा मृतक गोविन्द गौतमको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।साथै,मृतकका परिवारजनलाई यथोचित क्षतिपूर्ति तथा राहत प्रदान गर्न सम्बन्धित निकायलाई अधिकारीले अनुरोध गरेका छन् ।
यसै वीच नागरिक समुह नामक संस्थाले पनि एक विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।