Sorry, that menu does not exist.
 

बागलुङमा धन्वन्तरी जयन्ती : निरोगी भएर जिउनका लागि आर्युबेदको प्रयोग गर्नुपर्नेमा जोड !

कोपिला कंडेल, बागलुङ, २०७५ कात्तिक १९ । मानव स्वास्थ्यमा सकरात्मक प्रभाव पार्नका लागि आर्युबेद औषधीको प्रयोग बढाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन ।

धन्वन्तरी जयन्ति तथा विश्व आरोग्य दिवसका अवसरमा स्वास्थ्य रक्षाका लागि क्रियाशील आर्युबेद समाज बागलुङले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीले आर्युबेदको प्रयोगले मानिस निरोगी बन्ने दाबी समेत गरे । सहभागीले जडीबुटीको राम्रो प्रशोधन र प्रबद्धन गर्न सके मुलुकको अर्थतन्त्रमा समेत महत्वपुर्ण योगदान पुग्ने बताए ।

अस्वस्थकर जीवनशैलीका कारण बिभिन्न रोगहरु निम्तीने गरेको भन्दै सहभागीले आर्युबेदको प्रचारप्रसार र प्रयोग उत्पादन प्रशोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले स्वास्थ्य रक्षाको लागि आर्युबेद औषधीको प्रयोग बढाउनुपर्नेमा जोड दिए । लापरबाहीपूर्ण जीवनशैली खानपानमा सन्तुलन नमिल्दा धेरै किसीमका रोगहरुले आक्रमण गर्न सक्ने चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले निरोगी भएर जीउनका लागी खानपान र दैनिक आनीबानीमा सुधार ल्याउनुपर्ने बताए । नेपालमा पाईने जडीबुटीको बैज्ञानिक तरिकाले प्रशोधन र प्रबद्र्धन गर्नुपर्नेमा उनको जोड थियो ।

त्यसैगरी धौलागिरी अंचल अस्पताल बागलुङका अध्यक्ष केबी राना मगरले बागलुङ आर्युबेदको हिसाबले प्रशस्त सम्भावना बोकेको जिल्ला भएको भन्दै यसको पहिचान र संरक्षण गर्न गर्नुपर्ने बताए । उनले सबल स्वास्थ्यका लागि आर्युबेद औषधीको प्रयोग बढाउनुपर्ने सल्लाह दिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मी, बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा निउरे नेपाल स्वास्थ्य प्राबिधिक सघंका अध्यक्ष राम प्रसाद खनाल राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम स्वास्थ्य रक्षाका लागि क्रियाशील आर्युबेद समाज बागलुङका अध्यक्ष रमाकान्त साप्कोटाको अध्यक्षता एबं स्वागत र पत्रकार कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply