Sorry, that menu does not exist.
 

अन्तरक्रिया कार्यक्रममा विभिन्न कार्यालयहरुको प्रगति प्रतिवेदन प्रस्तुत !
जिल्ला प्रशासनमा तिहार, नेपाल सम्वत, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न !

कोपिला कँडेल, बागलुङ २०७५ कात्तिक १९ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा आज कार्यालय प्रमुख, सूचना अधिकारी तथा पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुखहरुव्दारा आआफ्नो कार्यालयबाट गत महिना प्रतिपादित कार्यहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा प्रतिनिधी सभा सदस्यहरु डा सूर्य पाठक र मना केसीको समुपस्थिति रहेको थियो । यस अन्तरक्रिया कार्यक्रममा शुभदीपावली, नेपाल सम्वतको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

सो अवसरमा प्रतिनिधी सभा सदस्य व्दय केसी र डा पाठकले शुभदीपावली एवं नेपाल सम्वतको हार्दिक शुभकामना व्यक्त गरेका थिए ।
शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मी, धौलागिरी अन्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि रानामगर, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सूचना अधिकारीहरका तर्फबाट सरिता शर्मा, कार्यालय प्रमुखहरका तर्फबाट खगेन्द्र भट्टचन लगायत रहेका थिए ।

कार्यक्रममा बोल्ने सहभागीहरुले जिल्लामा कृषि कार्यालय नहुँदा जिल्लाका किसानहरुले समस्या झेलिरहनुपरेको बताएका थिए । उनीहरुले सरकारी कार्यालयहरुले मासिक रुपमा गर्ने काम सार्वजनिक गरेपनि अहिले सम्म विकास निर्माणको एउटा पनि आयोजना सम्झौता नहुनु विकासको बाधकको रुपमा देखिएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी खरेल बागलुङमा आएपछि हरेक सरकारी कार्यालयले प्रत्येक महिना सुचना प्रकाशन गर्नुपर्ने नियम बनाएपछि नयाँ कामको शुरुवात भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखाका प्रमुख विष्णुप्रसाद ढकालले दिएका थिए भने सन्चालन जिल्ला प्शासन कार्यालयका सूचना अधिकारी धीरेन्द्र पन्तले गरेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा प्रजिअ खरेल प्रतिनिधी सभा सदस्यहरु व्दय केसी र डा पाठक तथा धौलागिरी अन्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि रानालाई खादा अबिर लगाई सम्मानित गरेका थिए ।

सोहि कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका नवागत प्रमुख गोविन्द जंग पाण्डेलाई स्वागत र सरुवा भएका प्रमुख सुशिल महतलाई फेरी भेटौँला भन्दै बिदाई गरिएको थियो । यसैगरी आन्तरिक राजश्व कार्यालयका प्रमुख सुन्दर श्रेष्ठ तथा शहरी विकास कार्यालयका प्रमुख सच्चिन्द्र कुमार देवलाई स्वागत गरिएको थियोे ।

कार्यक्रमकै अवसरमा जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्ती वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी खरेलको हस्ताक्षरयुक्त विज्ञप्तीमा उज्याले तथा फुलैफुलको पर्वको रुपमा चिनिने नेपालीहरुको महान चाड दीपावली, तिहार, नेपाल सम्वत, .छठ पर्वको अवसरमा समस्त जिल्लावासी दिदी बहिनी दाजुभाईहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दै आतसवाजी, पटका लगायतका विष्फोटक पदार्थको प्रयोगले जनताको स्वास्थ्यमा असर पर्न सक्ने आगलागी बाट जनधनको क्षेती हुन सक्ने तर्फ सबैलाई सचेत गराईएको छ ।

विज्ञप्तीको पूर्णपाठ यसप्रकार छ

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply