बिमल खड्का, बागलुङ २०७५ कात्तिक १९ । ढोरपाटन नगरपालिका- ९ मा पर्ने नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष कार्यालय रहेको ढोरपाटन उपत्यकामा अन्तर्राष्ट्रियस्तरको उच्च अक्षांश खेलकूद प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ । जस्का लागि प्राविधिक टोली त्यहाँ पुगेर आज सर्वेक्षण गरेर फर्किएको छ । ढोरपाटनका स्थानीय खिम मगरको सक्रियतामा उक्त प्रशिक्षण केन्द्र निर्माण गर्ने लागिएको हो ।
उच्चखेलकूद प्रशिक्षण केन्द्रसंगै पर्यटकीय प्रोत्साहन हुनेगरी परियोजना निर्माण सुरु गर्ने लागिएको श्रोतले बतायो । मोटो बजेटमा निर्माण हुन लागेको परियोजना सम्पन्न भएपछि बास्केट बल , ब्याडमिन्टन, क्रिकेट, टेनिस , भलिवल ,मार्शल आर्ट लगायतका खेलकुदको तालिम (प्रशिक्षण) हुने बताईएको छ । उक्त परियोजना समुन्द्री सतहदेखि २ हजार ६ सय ८० मीटर माथि प्रकृतिकले पनि सुन्दर ठाउँ ढोरपाटनमा निर्माण गर्न लागिएको छ। नेपाल सरकारले चासो दिने हो भने , खेलकुद रंगशाला मात्रै नभएर पर्यटन, कृषि, उर्जा लगायतको विकास हुने स्थानीयले अपेक्षा राखेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका अध्यक्ष, संपन्न श्रेष्ठ, राष्टि«य खेलकुद परिषद गण्डकी प्रदेशका प्रमुख, लक्ष्मण योगी, राष्ट्रिय खेलकुद बागलुङ जिल्लाका अध्यक्ष दिपक गोदार ,ढोरपाटन नगरपालिकाका उपप्रमुख कर्मती पुनमगर लगाएलले आज ढोरपाटन गई सम्भाव्यता अवलोकन गरेर फर्किएका छन् ।