बागलुङ २०७५ कात्तिक २१ । हिन्दुहरुको दोश्रो ठुलो र महत्वपूर्ण चाडपर्व दीपावली हो । यसलाई नेपालमा भाई तिहार पनि भनिन्छ । यस पर्वलाई फुल र उज्यालोको पर्वको रुपमा मनाईन्छ । यो पर्व नेपाल लगायत विश्वका विभिन्न देशहरुमा श्रद्धापूर्वक मनाईन्छ । विभिन्न जातजातिका महिला पुरुष युवा युवती बालबालिकाहरु दीपावलीको अवधि भर देउसी भैलो खेलेर रमाईलो गर्छन । भनिन्छ, यसै दिन भगवान राम चौध वर्ष बनवासबाट अयोध्या फर्किएका थिए । त्यसैल यस दिनलाई हर्षोल्लास पूर्वक दीप प्रज्वलन गरी मनाईन्छ ।
दीपावली पर्वको आज महालक्ष्मी पूजनको दिन हो । माता लक्ष्मीलाई हिन्दुहरु धनकी देवीको रुपमा मान्दछन र आज राति नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मी माताको पूजा अर्चना गरी मनाउछन् । सनातन हिन्दु धर्ममा धर्म, अर्थ, काम र मोक्षको विशेष महत्व रहेको छ । मानव जीवनमा धनको ठुलो महत्व छ । तसर्थ आज धनकी देवी लक्ष्मीले घरमा बास गरुन भन्ने कामनाका साथ देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
आज लक्ष्मी पूजनको शुभ समय साँझ ६ बजेर ५२ मिनेट देखी राति ८ बजेर ५२ मिनेट सम्म रहेको छ । यहि दुई घण्टाको समय भित्त देवी लक्ष्मी र गणेशको पूजन गरिनु उपयुक्त हुने बताईएको छ ।