कोपिला कंडेल, बागलुङ २०७५ कात्तिक २१ । बिद्यामन्दिर पुस्तकालय बागलुङको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औ जन्म जयन्ती एक कार्यक्रमका साथ मनाईएको छ । कार्यक्रममा महाकवी देबकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानबारे चर्चा परिचर्चा गरिएको थियो ।
सो अवसरमा बोल्ने सहभागीले पछिल्लो पुस्ताका श्रस्टाले जतीसुकै सृजना गरेपनि महाकवी देबकोटाको तुलनामा फिका लाग्ने बताए । आफ्नो सम्पुर्ण जीवन साहित्यमा खर्चेका महाकवि देबकोटाले आफुले भने निकै कष्ट र चुनौतीपुर्ण जीवन यापन गर्नुपरेको भन्दै सहभागीले भाषा कला र साहित्यको क्षेत्रलाई फराकिलो बनाउन सके मात्र महाकवी देबकोटा प्रति सच्चा सम्मान हुनेमा जोड दिए ।
कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्याय नेपाली वाङ्गमयका संस्थापक संरक्षक प्रेम छोटा, धौलागिरि बहुमुखी क्याम्पसका सह प्राध्यापक डा दिनबहादुर थापा उप प्राध्यापक हरिप्रसाद पाण्डेय उपप्रध्यापक भक्ति न्यौपाने बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष शत्रुघ्न श्रेष्ठ तुलसी राम पाण्डे लगायतले महाकबि देवकोटाको योगदानबारे चर्चा सहित रचना बाचन गरेका थिए ।
कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष एबं पुस्तकालयका सल्लाहकार काजि रोशनको स्वागत मन्तब्य र साहित्यिक उपसमितिका सदस्य एबं पत्रकार कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।