Sorry, that menu does not exist.
 

बडीगाडको ड्रेस कोड : सबै तहका जनप्रतिनिधीले लगाउने भए कालो कोट, कालै पाईन्ट र सेतो कमिज !

दिनेश शर्मा, बडीगाड (बागलुङ) २०७५ कात्तिक २२ । आसन्न बडीगाड महोत्सव २०७५ लाई लक्षित गरी बडीगाड गाउपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष एवं गाउँ कार्यपालिका सदस्यहरु समेतका हकमा ड्रेस कोड तोकेकोे छ । हालै गाउँपालिकामा भएको छलफलमा महोत्सवमा सबै जनप्रतिनिधीहरु, शिक्षक, समासेवीहरु एउटै प्रकारको पोशाकमा उपस्थित हुनु राम्रो हुने हुँदा कालो रंगको कोट र पाईन्ट अनि सेतो रंगको कमिज ड्रेसकोड बनाउने तय गरेको हो ।

महिला प्रतिनिधीहरुका हकमा भने ढाकाको गुन्यु चोली माथी कालो कोट निश्चित भएको गाउँ कार्यपालिका सदस्य मीना रायमाझीले ईबागलुङलाई बताईन् ।

गाउँपालिकाको बजेटबाट पोशाकको व्यवस्था गरिएको हो कि ? भन्ने हाम्रो प्रश्नमा गाउपालिका अध्यक्ष मेहरसिँह पाईजाले गाउपालिकाको बजेट बाट नभै सबैले आआफनै खर्चमा पोशाक सिलाउनु पर्ने जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply