Sorry, that menu does not exist.
 

समाजका विकृति र विसङ्गति हटाउन क्लवको भूमिका महत्वपूर्ण- अध्यक्ष श्रेष्ठ

कौरव खत्री, बागलुङ २०७५ कात्तिक २३ । बागलुङको निसीखोला गाउपालिकामा रहेको इन्द्रेणी युवा क्लवले आयोजना गरेको शुभ दीपावलीको अवसरमा आयोजित खेलकुद तथा यू.के.साँस्कृतिक कार्यक्रमको बिहीवार विधिवत रुपमा उद्घाटन गरिएको छ ।

निसीखोला गाँउपालिका ३ धुवाँखोरमा रहेको क्वलको उद्घाटन गदै प्रमुख अतिथि आई.टि.एफ बागलुङका अध्यक्ष तथा समाजसेवी दिपेन्द्र श्रेष्ठले अव युवा पुस्ताहरु समाजका विकृति र विसङ्गति हटाउन र समाज सुधारको अभियानमा अगाडी बढ्न आग्रह गरे ।

साथै उनले क्लवले खेलकुद तथा साँस्कृतिक कार्यक्रम मार्फत कला र खेल क्षेत्रको वृद्धि विकास एवं संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रलाई चिनाउन कलाकार र खेलाडीको भूमिका प्रमुख रहेकोले कलाकार र खेलाडीहरु राष्ट्रका गहना भएकोले उनीहरुको वृद्धि विकासका लागि स्थानीय र केन्द्रीय सरकारले समेत विशेष ध्यान दिनु पर्ने बताए ।

साथै श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता भनेकै खेलकुद रहेकोले यसका लागि क्लवका हरेक गतिविधि तथा आवश्यक सहयोगका लागि सधै साथ र सहयोग रहने बताए ।

सोही अवसरमा निसीखोला गाँउपालिका ३ का वडाअध्यक्ष जुनविक्रम शाही,सोही गाँउपालिका ४ का वडाअध्यक्ष टिकानिधि पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कायक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार प्रकाश सपुत र लक्ष्मी रानामगर मगर, चर्चित गजलकार तथा मोडल अञ्चल शाही, चर्चित हास्य कलाकार निर आले, सञ्चारकर्मी मिनु विसी, डिप्लव खाती लगायत स्थानीय कलाकारहरुको वेजोड साँस्कृतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी, पत्रकार कलाकार लगायतलाई क्लवव्दारा फुलमाला र मायाको चिनोले सम्मान गरिएको थियो ।

गत कार्तिक १७ गते देखि शुभारम्भ भएको कार्यक्रममा गोरु जुधाई प्रतियोगिता सम्पन्न भइसकेको छ भने आजदेखि अर्थात शुक्रवारदेखि खेलकुद तर्फ खुल्ला पुरुष भलिवल,मायालु भाकाको लोकदोहोरी, इन्द्रणी आइडल,पुरुष ठेलो फाल्ने प्रतियोगिता लगायत कार्यक्रमहरु सहित यहि २६ गते सम्म कार्यक्रम सञ्चालन हुने बताईएको छ ।

कार्यक्रमका नेपाल पत्रकार महासंघ गुल्मी शाखा सदस्य कौरव खत्री, नेपाल विद्यार्थी संघ गुल्मीका सह–सचिव विष्णुप्रसाद आचार्य, सञ्चारकर्मी मिनु विसी लगायत समाजसेवी युवा महिलाहरु लगायतको समेत सहभागिता रहेको थियो ।

कार्यक्रम इन्द्रेणी युवा क्लवका अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षता रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र शाहीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन भने अञ्चल शाही र क्लबका सचिव तोरण चन्दले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply