शव्द/चित्र : धीरज विक्रम खड्का
जोमसोम, २०७५ कात्तिक २४ । मुक्तिनाथ हिन्दु, बौद्ध तथा बैष्णब मार्गीहरुको प्रशिद्ध तीर्थस्थल मानिन्छ । मुक्तिनाथको मन्दिर समुद्री सतहदेखी ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको छ । मन्दिर भित्र बिराजमान छन भगवान विष्णु । भगवान विष्णुको दर्शनार्थ हरदिन हजारौँको संख्यामा तिर्थालुहरु आउछन् । नेपालका विभिन्न भागहरु र छिमेकी मुलुक भारतबाट मुक्तिनाथको दर्शनार्थ आउने श्रद्धालुहरुको संख्या दिनानुदिन बढीरहेको छ । श्रद्धालु भक्तहरु, बाह्य एवं आन्तरिक पर्यटकहरुको चापले कहिले काहिँ बास गासको पनि समस्या पर्ने गर्छ ।
एकातिर नेपालकै एक महत्वपूर्ण तीर्थस्थल (भगवान विष्णु)को दर्शन गरी पुण्य प्राप्त हुने अर्कोतिर मार्गमा रहेका अतिरमणीय सुन्दर दृश्यहरु अवलोकन गर्ने अवसर मिल्ने हुँदा यहाँ श्रद्धालु एवं पर्यटकहरुको चाप बढेको सहजै अनुमान गर्न सकिन्छ ।
त्यसोत, मुक्तिनाथको दर्शन गर्न बाह्रै महिना श्रद्धालुहरु पुगेका हुन्छन, तैपनि असोज/कात्तिक महिनामा मुक्तिनाथ यात्रामा पुग्नेहरुको संख्या बढी हुन्छ । मुक्तिनाथ दर्शनमा जाँदा मानसपटलमा रहिरहेका केहि दृश्यहरु जुन केमरामा कैद गरिएको थियो, यहाँ प्रस्तत गरिएको छ ।