तिलक मल्ल, बुर्तिबाङ, कार्तिक २४ । निसीखोला गाउँपालिका वडा नं. २ जुग्जाखोला बजारमा आगामाी डिसेम्बर १४ र १५ अर्थात मङ्सिर २८ र २९ गते प्रथम आइटी एफ तेकान्दो ओपन च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ ।
न्याय, स्वतन्त्रता, विश्वशान्ति र राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गोल्डेन फ्युचर तेकान्दो डोजाङको आयोजनामा उक्त प्रतियोगिता हुन लागको हो । जस अन्तर्गत जुनियर पुरुष तर्फका लागि २० देखि ६० के.जि. र महिला जुनियरका लागि २० देखि ५५ केजि तौल सम्मको लागि प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै सिनियर तर्फ पुरुषका लागि ४५ देखि ६० र महिलाको लागि ४० दखि ५५ केजि तौल सम्मका प्रतियोगिले प्रतिस्पर्धा गर्न पाउने उक्त खेल सञ्चालन समितिका संयोजक अभिषेक छन्तयालले बताए। खेलकुदका माध्यमबाट खेल क्षेत्रको वृद्धि विकास एवम् संरक्षणमा
महत्वपुर्ण भूमिका खेल्ने ,र देश विकासका निम्ति पनि खेलाडी उत्पादन गर्नका लागि पनि खेलकुद अति आवश्यक रहेकोले पनि यस प्रतियोगिताको आयोजना गरिएको खेल सञ्चालक समितिका प्रतिनिधि भिषम छन्त्यालले बताए ।
उक्त तेकान्डो प्रयोगिता सञ्चालनका लागि आवश्यक सम्पुर्ण तयारी तिब्र पारिएको छन्त्यालले बताए । प्रतियोगिता सञ्चालनका लागि प्रचार प्रसारको कार्यलाई पनि तिब्र परिएको छ भने मिडिया पार्टनरको रुपमा सामुदायिक रेडियो ढोरपाटन, रेडियो परिवर्तन र रेडियो बुर्तिबाङलाई राखिएको छ ।