गुमान सिंह भणडारी, गल्काेट २०७५ कात्तिक २७ । ल्कोटको दिपज्योति आधारभुत बिद्यालयलाई स्तराेन्नती गरि माद्यमिक तह बनाउने योजना बनाएको छ । आज सम्पन्न बिद्यालय ब्यवस्थापन समितिको बैठकले स्थानिय आवश्यकतालाई मध्यनजर गरि निकट भबिष्यमै माद्यमिक तह सञ्चालन गर्ने निर्णय गरेको हो ।
गल्कोट नगरपालिका वाड नम्बर ७ मा एकिकृत शिक्षा योजना लागु गर्ने बिषयमा गृहकार्य हुदै गर्दा पहिलो पटक जनहित माद्यमिक बिद्यालय र प्रगति आधारभुत बिद्यालय बिच मात्र समायोजनको गृहकार्य हुन थालेपछि दिपज्योति आधारभुत बिद्यालयलाई समेत स्तरबृद्धि गर्न लागिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त क्षेत्रीले बताए । अध्यक्ष क्षेत्रीले बिद्यालयले शैक्षिक सत्र २०७६ देखि बिद्यालयको स्तरोन्नती गरि माद्यमिक तह कक्षा ९ सञ्चालनका लागी आवश्यक पुर्वाधार तयार गने बताए ।
त्यस्तै बैठकले कक्षा १२ सम्म सञ्चालनका लागी सरोकारवालाहरुको भेलाले थप योजना बनाउने निर्णय गरेको छ । वाल बिकास केन्द्र सहित प्राथमिक तहमा अङग्रेजी माद्यममा पठनपाठन हुने उक्त बिद्यालयमा हाल ९४ जना बिद्यार्थीहरु अध्ययनरत छन । बिद्यालयलाई माद्यमिक तहमा स्तरोन्नती गर्नका लागी धेरै पहिले देखि गृहकार्य हुदै आएको तर शिक्षक दरबन्दिका कारणले अधिबढ्न नसके पनि हाल स्थानिय आवश्यकतालाई मध्यनजर गरेर बिद्यालयको स्तरोन्नती गर्न लागिएको बिद्यालयका प्रध्यानाध्यापक शारदादेवी शर्माले जानकारी दिइन ।