Sorry, that menu does not exist.
 

आजको तस्वीर : सुरु भयो बनभोज !

शव्द/चित्र : झरना कँडेल,

बुर्तिवाङ २०७५ कात्तिक २८ । तीज गयो, दशैँ आयो । दशैँ मनाईयो, तिहार आयो । तिहारमा दिदीबहिनीले लगाई दिएको सप्तरंगी टीकाको रंग सुकी नसक्दै बनभोजको मौसम आयो । मेला र महोत्सव त छँदैछन् । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान झैँ रमाईलो मनोरन्जनका लागी एकपछी अर्को बिकल्प समाजमा मौजूद छन् । नभेट्टिए खोजखाज गर्ने चलन पनि पछिल्लो समय देखिन थालेको छ ।

खासगरी मंसिर महिनाको शुभारम्भ देखी बनभोज (बनभात) खाने प्रचलन नेपाली समाजमा रहेको छ । तर यस वर्ष बुर्तिवाङ स्थित नेकपा युवा संघले सबैलाई उछिनेर मंगलबार भव्य भोजको आयोजना गरेर देखायो । अब आयो बनभोजको लहर ।

जुनसुकै कार्यक्रम किन नहोस, जहाँ नगरप्रमुख देव कुमार नेपाली दम्पतिको समुपस्थिती रहन्छ, त्यो कार्यक्रम स्वभाविकरुपमा भव्य हुन्छ । त्यहाँ रसरंग हुन्छ, नाँचगान हुन्छ र रमाईलो हुन्छ । यो बनभोज कार्यक्रम पनि शानदार थियो भनिरहनु नपर्ला ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply