Sorry, that menu does not exist.
 

त्रिशुली युवा क्लबले संचालन गरेको हरिबोधनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा

शान्त खत्री ‘मौसम’, गल्कोट २०७५ कात्तिक २८ । त्रिशुली युवा क्लब ताराखोला गाउँपालिका-३ घुस्मेलीले संचालन गरेको हरिबोधनी एकादशी मेला २०७५ को सम्पूर्ण तयारी पूरा भएको छ ।

घुम्टे हाम्रो सान ,पर्यटन बिकास हाम्रो अभियान भन्ने मुलनारा सहित संचालन हुदै आएको मेला यस बर्ष पनि विविध प्रतियोगिताका साथमा त्रिशुली नदीमा लोक बाजा , भजन सहित ३६५ हात लामो तोरण तार्नुका साथै राष्ट्रिय स्तरका चर्चित कलाकार प्रसाद खप्तणी मगर, जुना श्रीष, सुस्मिता घर्ती, बसन्ती सुनारी मगर, हेमा राना, मोडल बुद्धवीर थापा, बिमल केसी, जीवन साहनी मिस बागलुङ सकुना खत्रीको लगाएतको प्रस्तुति समेत रहनेकार्यक्रम अध्यक्ष जीवन बस्नेतले बताए । मेलाको अवसरमा मंसिर २ गतेदेखि लाईभ दोहोरी पनि हुने बताईएको छ ।

भोलि देखि संचालन हुने मेलाको अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणको खेल संचालन हुने छ । मेलाको अवसरमा खुल्ला वडा स्तरीय भुपु भलिबल प्रतियोगिता, त्यस्तै कार्यक्रममा एकल नृत्य, सोलो बाईक रेस, डवल ब्याटमिन्टन र खुल्ला धनुष वाण प्रतियोगिताको आयोजना गरिएको सचिव गणोश कार्किले बताए ।

कार्यक्रममा बागलुङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेल, प्रदेश सभाका सांसद चन्द्र बहादुर बुढा (सागर), दिलमाया रोका दिपा र गाउँपालिका प्रमुख प्रकाश घर्तीको मङ्सिरको ३ गते कार्यक्रममा उपस्तिथी रहने सास्कृतिक कार्यक्रमका संयोजक शान्त खत्रि माैसमले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply