कौरव खत्री, गुल्मी २०७५ कात्तिक २९ । गुल्मीमा तिहार आसपासमा पनि मादलको व्यापार निकै कम भएको छ । गत बर्ष झण्डै ढेड सय मादल विक्रिभएको तर अहिले भने त्यसको तुलनामा तीज पर्वदेखि तिहारसम्म आइपुग्दा बल्लतल्ल १५/१६ ओटा मादल विक्रिभएकोले यो तिहारमा मादलको व्यापार लगभग शून्य जस्तै भएको रेसुङ्गा नगरपालिका १ तम्घास बजारमा मादल व्यवसाय गदै आएका डिल बहादुर नेपालीले जानकारी दिए ।
व्यवसायी नेपालीले भने यो सिजनमा नयाँ मादल निकै कम व्यापार भएको र पुराना १२/१३ ओटा मादलहरु मर्मत संम्भार गरेको भन्दै अव मादल व्यवसाय गरेर जिविकोपार्जन गर्न पनि धौ–धौ भएको बताए ।
मादल व्यवसायी नेपालीले फेरी भने, पहिला पहिला मादलको निकै महत्व रहेको तर आजभोलि मादललाई पुरानो बाजा भनेर कम चासो दिन थालेपछि पछिल्ला बर्षहरुमा मानिसहरु आधुनिक बाजाहरुमा अग्रसर हुनथालेपछि आफूले बनाएका मादलप्रति चासो कम हुनथालेपछि मौलिक हाम्रो पुराना लोकबाजा मादल पनि विस्तारै लोप हुने अवस्थामा पुगेको बताए ।
बाग्लुङ्गको गलकोटदेखि मादलको व्यापार गर्न गुल्मीमा आएर पाँच बर्षयता निरन्तर रुपमा गुल्मीको सदरमुकाम तम्घास बजारमा गोल्कोटे मादल पसलको नामबाट व्यवसायिक रुपमा मादल व्यवसाय गदै आएका नेपालीले भने, मादलको व्यापार घट्दै गयो अव व्यवसाय नै संकटमा पर्न थालेको छ ।
साथै उनले भने,बागलुङ र गुल्मीमा गरि मादल व्यवसाय गर्न थालेको पनि चालिस बर्ष पूरा भएको आफ्नो अनुभव सुनाउदै तर यस्तो अवस्था आएपछि पेसा संकटमा पर्न थालेको नेपालीले बताए ।