Sorry, that menu does not exist.
 

नगरप्रमुख, उपप्रमुख सहित बसेर योजना सम्बन्धमा छलफल गर्दा वडाबासी हर्षित !

टिकाराम भट्टराई, बुर्तिबाङ,२०७५ कात्तिक २९ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ मा आर्थिक वर्ष २०७५–७६ को विनियोजित बजेट सम्बन्धमा जानकारी तथा स्थानियहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिकाले आज देखी प्रत्येक वडाहरुमा छुट्याईएको बजेट तथा स्थानियहरुको राय अनुरुप विभिन्न योजनाहरुको समिति गठन कार्य सुरु गरेको हो । आ व २०७४–७५ मा विभिन्न शिर्षकहरुमा रकम निकासा गरिए पनि योजना अनुरुपको काम र पारदर्शीता नभएको पाईएकाले यो वर्षबाट प्रत्यक्ष रुपमा प्रत्येक वडामा वडाबासीहरुको बिचमा नगरपालिकाका प्रमुख,उपप्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्ष, लेखा अधिकृत, पत्रकार लगायतको उपस्थितिमा उक्त वडामा परेका बिभिन्न योजनाको बारेमा जानकारी सहित उक्त योजना सम्पन्र्न पार्नको निम्ति त्यहिका स्थानिय लाभान्वित हुने गरी विभिन्न समिति गठन कार्यको थालनी गरिएको हो ।

कार्यक्रकका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले प्रत्यक्ष रुपमा त्यहाँका बासिन्दाहरु सगं बसी योजनाहरुको बारेमा छलफल गर्न पाउदा खुशी लागेको बताउदै जनता र जनप्रतिनिधिको सहकार्यमा नै हरेक काममा पारर्दिशता रहने बताए । नेपालीले नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष समेत रहेको वडा नम्बर ९ लाई हरेक कुराहरुमा माथी उठाउने हात त्यहिका जनतामा रहने भएकाले त्यहिका जनता एक अर्कामा मिलेर अगाडी बढ्नु पर्ने समेत बताएका थिए ।

स्थानियहरुले प्रत्येक्ष रुपमा नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्षसगं आफ्ना गुनासा राख्न पाउदाँ निकै हर्षित भएको बताए । आफ्नो ठाउँमा रहेका समस्या यो आ व नपरेका पनि अर्को आ व मा पुरा गर्ने बाचा सहित नेपालीले स्थानियको गुनासो सकंलन समेत गरेका थिए ।
कार्यक्रमा नगरपालिकाका प्रमुख देब कुमार नेपाली सहित उपप्रमुख करमती पुन, प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, ने क पा का केशर छन्त्याल, सेरमान घर्ति,लेखा अधिकृत अमृत पौडेल, इन्जिनियर नारायण पौडेल,वडा नम्बर ९ का वडा अध्यक्ष हरि बहादुर घर्ति मगर, वडा नम्बर ८ का वडा अध्यक्ष नन्दे सुनार,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply