कौरव खत्री, गुल्मी २०७५ मंसिर १ । गुल्मीमा शिक्षकका हक अधिकार र कर्तव्यका लागि सम्पुर्ण शिक्षक एवं विद्यालय कर्मचारी एक होऔँ भन्ने नाराका साथ नेपाल शिक्षक महासंघ गुल्मीको आयोजनामा धर्ना तथा विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघ गुल्मीले आयोजनामा शिक्षा विकास तथा समन्व्य इकाई गुल्मीमा शुक्रवार एक दिने धर्ना तथा विरोध कार्यक्रममा पत्रकारसँग कुरा गदै नेपाल शिक्षक महासंघ प्रदेश नं ५ का अध्यक्ष प्रेम नारायण भण्डारीले शैक्षिक सुधार र पेसागत हक हितका मागहरुलाई संवोधन गर्न सरकारलाई दवाव र शान्तिपूर्ण धर्ना तथा विरोध सभा गरिएको बताए ।
साथै अध्यक्ष भण्डारीले शिक्षामा देखिएका सबै प्रकारका समस्या हल गर्न राज्यले न्यूनतम २० प्रतिशत लगानीको सुनिश्चित गरिनु पर्ने भन्दै सरकारले शिक्षकका मागहरुलाई सम्वोधन नगरे विद्यालयबाट बाहिर निस्केर भएपनि आन्दोलन गरि माग सम्वोधन गराउन सरकारलाई बाध्य पारिने बताए ।
साथै अध्यक्ष भण्डारीले तेश्रो चरणको आन्दोलनसम्म आइपुग्दा महासंघले अहिलेसम्म विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने गरि प्रतिनिधि मुलक रुपमा दवाव र शान्तिपूर्ण धर्ना तथा विरोध मात्रै भएकोले आफूहरुको चाहना संम्वाद र छलफलबाटै सरकारले समस्या समाधान होस भन्ने रहेको बताए ।