प्रेम सुनार, गुल्मी २०७५ मंसिर १ । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ राजा लेतुङ्गाका ४० बर्षिय गंगाबहादुर नेपाली गत एक बर्ष देखि क्यान्सर रोगको उपचार गर्ने रकम नहुदा मृत्यु कुर्न बाध्य हुनु परेको छ । २६ महिना सम्म कतारको मजदुरी गरेर फर्के पछि गरिबीबाट मुक्त हुने सपना साँचेका नेपालीलाई घर आए पछि क्यान्सर विमारले छोया र त्यो सपना चकाननचुर हुन पुग्यो ।
दुई सन्तान र श्रीमति बसन्ती नेपाली यति बेला रुवावासी गर्दै सवै संग सहयोगको याचाना गर्दै हिडेकी छन । पिडित नेपालीलाई गौडाकोट, राजा, विरबास लगायतका स्थानमा पुर्खेयौली घर भई बुटवलमा बस्ने बाल्यकालका विद्यार्थी साथीहरुले खोलेको फेशबुक पेज भाग्यमानी ग्रुप मार्फ त सहयोग अभियान छेडेर १ लाख ८२ हजार नगद सहयोग हस्तान्तरण गरेका छन ।
सहयोग गर्नेहरुमा रोहीत भुसाल बुटवल ३५ हजार , विरवल शर्मा बुटवल ३० हजार , कविता शाह काठमाण्डौ २० हजार, सुर्य सुवेदी बुटवल १० हजार, त्यति नै रकम कमल अर्यालय बुटवल , राजु कार्की गौंडाकोट , युकेमा कार्यरत मुकुन्द रजाली , सोही स्थानमा कार्यरत लोकेन्द्र पुवारे मगर , र लोकेन्द्र पुवारे मगर , अमेरिकामा कार्यरत भास्कर खनाल, कोरियामा कार्यरत माधव कँडेल रहेका छन ।
,
त्यस्तै सोही स्थानमा कार्यरत क्रमशः ५ हजारका दरले तम्घासबाट नविन सारङ्गकोटी विरवारबाट थम्मन घिमिरे र राजा पुर्खेबाट तेजबहादुर सुवेदीले उक्त सहयोग गर्नु भएको छ । लालमोहन स्वर्णकार , र रुपन्देही मुर्गियाबाट मित्र भुसालले पनि सहयोग गरेका छन । उनको उपचार भरतपुर अस्पतालमा भई रहेको अबस्थामा पैसा नभए पछि अस्पतालले निकालेर घर पठाएको त्यो परिवारले बतायो । । पिडितकी श्रीमति बसन्तीले श्रीमानको मृत्यु कुर्नु सिवाय आफ्नो अरु कुनै उपाय नभएको भन्दै भक्कानो छाड्दै भनिन–‘ जति सक्नु हुन्छ उति सहयोग गरेर मेरो श्रीमानलाई बचाई दिनुस ।’