टिकाराम भट्टराई,बुर्तिबाङ,२०७५ मंसिर २ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ को सुकुरदुङको एक गरिब परिबारलाई नगर प्रमुख देब कुमार नेपालीले आर्थिक सहयोग सहित घर बनाईदिने घोषणा गरेका छन । चुहिने घर र बिना बत्ती अध्याँरैमा जीवन बिताउदै आएकी एक अबलालाई सहयोगी मनका धनी नगरप्रमुख नेपालीले यसरी सहयोगको घोषणा गरेका हुन् ।
आर्थिक वर्ष २०७५–७६ को विनियोजित बजेट सम्बन्धमा जानकारी तथा स्थानियहरुसंग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सुकुरदुङ पुगेका नेपाली समक्ष गरिबीको भुमरीमा कष्टकर जीवन बिताउन बाध्य ४५ वर्षिया बिमला बिक का श्रीमानको २७ वर्षकै अल्पायुमै निधन भएको, जेठी छोरीको पनि बिवाह भएको केहि वर्ष पछि २१ वर्षको कलिलो उमेर निधन भएको र एउटा २१ वर्षका सुस्तमनस्थितीको जेठा छोरो बोल्न हिड्न नसक्ने, दिशा पिसाबको निम्ति समेत साहाराको आवश्यकता पर्ने र सधैँ ओछ्यानमै रहेको, एक छोरा र एक छोरी काठ्माडौको एक अनाथलयमा रहेको, आफ्नो बारीमा फलेको अन्नले ३ महिना समेत खान नपुग्ने भएकाले कहिले भोकै त कहिले एक छाक खाएरै दिनहरु बिताईरहेको दुखेसो सुनाई रहँदा उनका आँखाबाट बरबरती आँशु खसेको थियो ।
बिमला बिकको दुर्दशा संज्ञानमा लिए पछी नगरप्रमुख नेपालीले तत्कालै केहि आर्थिक सहयोग सगैें काठले छाएको पानी चुहिने घरमा जस्ता पाता राखिदिने, एक हत्ता भित्र बिजुली जोडिदिन चौथो भुजीखोला लघुजलविद्युत परियोजनालाई समेत आग्रह गरेका थिए ।
नगरप्रमुखको आग्रह पछि एक हप्ता भित्र नै निशुल्क बिजुली बत्ती जोड्न सम्भव रहेको समेत लघुजलविद्युत परियोजना समितिका एक सदस्यले बताए ।
नगरप्रमुख नेपाली सहित पत्रकारको टालीले बिमलाको घरको समेत अवलोकन गरेका थिए । अवलोकनको क्रममा घरको पछाडीको भागबाट भत्कन लागेको र माथिल्लो छानाको दार समेत कुहिएको देखेपछि नेपालीले खाद्यान्न खर्च भनी केहि रकम सहयोग समेत गरेका थिए भने घर निमार्णको निम्ति आफ्नो तर्फबाट जस्ता पाता उपलब्ध गराउने र नगरपालिका तथा आफ्नै तर्फबाट समेत थप सहयोग गर्ने समेत प्रतिबद्घता ब्यक्त गरेका थिए । बिमलाले नगरप्रमुख नेपालीको मुक्तकण्ठले प्रशंसा गर्दै सहयोगको लागि झारिन हर्षाश्रु र हृदय देखीनै आशीष दिईन ।
नगरप्रमुख नेपालीले गरिब दीन दुःखीहरुलाई सक्दो सहयोग गर्दै आएका छन भने विभिन्न विद्यालयहरुमा आफ्नै ब्यक्तिगत तर्फबाट शिक्षक ,स्वास्थ्य चौकीमा एम्बुलेन्स सगैँ विभिन्न सघं सस्था,क्लबहरुलाई समेत सक्दो सहयोग गर्दै आएका छन् ।