Sorry, that menu does not exist.
 

बोवाङमा परेका योजनाहरुको छलफल : बिकासका लागि हरेक जनता सचेत हुन जरुरी – नेपाली

झरना कडेल, बुर्तिवाङ २०७५ मंसिर ३ । ढोरपाटन नगरपालिका, केहि दिन देखी नगारपालिकाको वडाहरुमा पुगेर त्यस वडाको विभिन्न योजनाहरुका लागि विनियोजित बजेट सम्वन्धमा वडावासीहरुसंग छलफल/अन्तरक्रिया कार्यक्रममा व्यस्त रहेको छ ।

वडाहरुको छलफल र अन्तरक्रिया कार्यक्रममा नगरपमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा कार्यसमिति एवं वडावासीहरुको व्यापक उपस्थिती बीच वडाका योजनाहरु र यसको कार्यान्वयन पक्षमा छलफल गरी टुंगोमा पु-याउने जुन प्रयत्नको शुरुवात गरिएको छ, त्यसबाट प्रत्यक वडावासीहरुमा गर्वको अनुभूति भएको सहभागीहरुले बताएका छन् ।

यसै सिलसिलामा मंसिर २ गते वडा नं ७ बोबाङमा योजनाहरुको छलफल र निर्माण कार्यका लागि उपभोक्ता समिती गठन गरिएको छ । वडा नं ७ मा परेका योजनाहरु मध्ये १४ वटाको उपभोक्ता समिती गठन गरिएको हो ।

बोवाङ स्थित ज्ञानोदय माविको प्रांगणमा आयोजित.वडा भेलामा बोल्दै प्रमुख अतिथी नगरप्रमुख देवकुमार नेपालीले योजना स्टीमेट गरेदेखी सम्पन्न नहुदासम्म आफै खटेर भएपनि योजनालाई पारदर्शी बनाउने बताए । उनले बिकासका लागि हरेक जनता सचेत हुनुपर्ने बताउदै,जनता सक्षम भए देशको समृद्धी गर्न सकिने बताए ।

कार्यक्रममा योजनाका बिषयमा वडा नं ७ का कल्याण कायत, अमर बुढामगर, निम बहादुर कायत, बल बहादुर रसाईली, यम बहादुर कायत, जित बहादुर पुन ,देबीराम कायत , जुठे बिक सन्देश कायत लगायतले आफ्ना गुनासा तथा जिज्ञासा राखेका थिए, जसमा बोबाङमा खड्किएको खानेपानी लगायतका समस्याहरु थिए ।

छलफल वडा नं ७ का वडाध्यक्ष दिपक थापाको अध्यक्षता, नगर उपप्रमुख करमती पु्न प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलको आतिथ्यता, नगरपालिकाका लेखा अधिकृत अमृत प्रसाद पौडेल, योजना शाखा प्रमुख नायब सुब्बा चण्डीप्रसाद पौडेल, नगरप्रमुखका स्वकीय सचिब केशर बहादुर छन्त्याल, वडा नं ७ का वडा सदस्य हिमा कायत, तारा बुढा मगर, हिम बहादुर भण्डारी, लीला बिक, ज्ञानोदय माध्यमिक बिद्यालयका प्रअ यम बहादुर कायत, बिद्यालय ब्याबस्थापन समिती अध्यक्ष शैलेस घर्ती, ढोरपाटन प्रहरी चौकीका ईन्चार्ज कृष्ण प्रसाद चुडाली पत्रकार, स्थानीय बुद्धिजीबी समाजसेबी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब थमप्रकाश घर्तिमगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply