Sorry, that menu does not exist.
 

एन.पि. घायलका उत्कृष्ट १५ प्रेमिल मुक्तकहरु

पिरतीमा वुझ अवुझ नहुदो रहेछ।
हाँस्ने दिल नि अनयासै रुँदो रहेछ।।
भावनाको खेलवाड गर्नेहरु लाई त।
यहाँ जे गरे जसो गरेनी पुँदो रहेछ ।।

प्रहार गरेर मुटुमा के भयो र भन्छौ।
नुन्चुक छरेर मुटुमा के भयो र भन्छौ।।
कसोरी म यस्को जवाफ दिउँ खै प्रिय,
पीडा भरेर मुटुमा के भयो र भन्छौ ।।

फेवा घुमाउला तिम्लाई रारा घुमाउँला।
त्यति मात्र कहाँ संसार सारा घुमाउँला।।
एकवारको यो जिन्दगीमा मेरै वन्योै भने।
तिमी जस्तै जूनमा गई तारा घुमाउँला।।

अन्तै जाने कुरा गर्छेऊ दिलमा वसेर।
विन्ती सानु धोका नदेऊ दिलमा वसेर।।
खै के कमी पायौ भन निर्मल मायामा।
भन माया कहाँ लाएऊ दिलमा वसेर।।

काँडा सजाएछु दिलमा फूल सम्झेर।
विर्सननी सकिएन यार भुल सम्झेर ।।
मन दुखेर परेली वगिरहेछन् क्यारम।
आज आँसु पिउनु प¥यो मूल सम्झेर।।

तन दिएको भए कोहिले मन्दिएको भए।
पैसारुपी मायालाई धन गन्दिएको भए।।
मैले यो मुटुमा सजाउथेँ किन तिम्लाई।
दिलमा वस्ने अरुनै छ भन्दिएको भए।।

अव त भुल भन्छौ तिम्ले भुल्नै सक्दिन।
अन्तैनै फूल भन्छौ तिम्ले फूल्नै सक्दिन।।
घायल मुटु लिएर कहाँ भुलौ फूलौ तनि।
खै जहाँ डुल भन्छौ तिम्ले डुल्नै सक्दिन।।

मलाई जस्तो तिम्लाइ पनि प्यास हुनुपर्छ ।
टाढा हुँदा मनमा यादको अत्यास हुनुपर्छ ।।
पिरतीमा हार्छु कहिल्यै नसोचे है मायालुले।
जित्न लाइ त वारम्वार अभ्यास हुनुपर्छ ।।
***
जो भाग्यमै लेख्या हुन्नन उहि मनमा आउछन् ।
आउछन कोहि अनायासै जिवनमा आउछन्
यो मुटु र आर्यघाट उस्तै लाग्छ किन मलाई ।
जब तिम्रा निर्दयी याद स्पन्दनमा आउछन् ।।
पर्ख तिम्लाई यो कालेको काली बनाऊँछु ।
यो जोवानको रेखदेख गर्ने माली बनाऊछु ।।
विचार पुर्याऊ जिन्दगी भर पछुत्याऊनु पर्ला ।
हैन भने दिदि ल्याऊँछु साली बनाऊँछु ।।
***
दाँजेको छु मलाई मदन र तिमीलाई मुना सँग ।
सम्वन्ध होस कलेजी मन मुटुको यो कुना सँग ।।
लज्जालुपन मीठो हाँसो नजर हेर्नु पर्छ मलाई ।
नसोच्नु प्रिय यस्ले प्रेम गरेको हो थुतुनासँग ।।
***
दिल तोडेर जानेले कसोरी हाँस्दै जान्छन् ।
फूल भाँचेर काँडा कसोरी साँच्दै जान्छन् ।।
यो दुनियामा पैसाको तागतै सकियो भने ।
हेरम्ला माया वेच्नेले कसोरी वाँच्दै जान्छन् ।।
***
मलाई जस्तो तिम्लाइ पनि प्यास हुनुपर्छ ।
टाढा हुँदा मनमा यादको अत्यास हुनुपर्छ ।।
पिरतीमा हार्छु कहिल्यै नसोचे है मायालुले।
जित्न लाइ त वारम्वार अभ्यास हुनुपर्छ ।।

***
जो भाग्यमै लेख्या हुन्नन उहि मनमा आउछन् ।
आउछन कोहि अनायासै जिवनमा आउछन्
यो मुटु र आर्यघाट उस्तै लाग्छ किन मलाई ।
जब तिम्रा निर्दयी याद स्पन्दनमा आउछन् ।।
***
पारा आउने रैछ कसैमा जवानी हुर्किए पछि ।
सारा पाउने रैछ वसैमा विहानी फुर्किए पछि ।।
भारा छाउने रैछ जसैमा र ज्ञानी तुर्किए पछि ।
नारा आउने रैछ रसैमा त्यो मानि घुर्किए पछि ।।
***
सजाउँला स्पन्दनमा सानी वनाएर।
धरोधर्म निर्मल मनमा रानी वनाएर।।
नियालेर पिरति गर्नु पुजा जिन्दगीको
राखेको छु आँखाभित्र नानी वनाएर।।

निर्मल पौडेल, एन पि घायल

फलेवास ७ लिमिठाना पर्वत ।।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply