बरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलबाट बागलुङका देबेन्द्र शर्मा देबुको उमेदवारी !
बेल्जियम, २०७३ फागुन २८ । नेपालबाट बेल्जियममा बसोबास गर्ने नेपालीहरुक नेपाली काग्रेस निकटको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनको मतदान भोलि मार्च १२ तारिखमा हुँदैछ । स्मरणीयछ, समितिको उद्घाटन अधिवेशनको नेपाली काँग्रेसका नेता शंशाँक कोईरालाले गत मार्च ५ तारीखमा गरेका थिए ।
जन सम्पर्क समितिमा नयाँ कार्यकालको लागि लोकतान्त्रिक समुहबाट चितवनकी सीता सापकोटाको प्यानल र अर्को गल्कोटका माधव सापकोटाको प्यानलवीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्ष पदकी तेश्रो उमेदवार अनुजा प्रधानले सीता सापकोटाको प्यानललाई समर्थन जनाउदै चुनावी मैदानबाट बाहिरिएकी छिन् ।
लोकतान्त्रिक समुहबाट बरिष्ठ उपाध्यक्षमा देवेन्द्र शर्मा देबु, उपाध्यक्ष व्दयमा कमल सिटौला र राकेश कर्माचार्य, महामन्त्री व्दयमा चीनिया दुवाल र गोविन्द सिँह अधिकारी तथा कोषाध्यक्षमा बिराट जोशीले उम्मेदवारी दिएका छन् भने अर्को माधव सापकोटाको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा बाबुराजा लामा, उपाध्यक्ष व्दयमा नरहरी सापकोटा र प्रेम तिमिल्सिना, महामन्त्री व्दयमा दिनेश भण्डारी र सुवास गुरुङ तथा कोषाध्यक्षमा शरद क्षेत्रीको उमेदवारी परेको छ । यसैगरी दुबै प्यानलबाट सदस्य पदका लागि चार चार जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदकी दाबेदार सीता सापकोटाको समुहलाई कोईराला (संस्थापन पक्ष) र अध्यक्ष पदका अर्का उमेदवार माधव सापकोटाको समुहलाई देउवा पक्षधर मानिन्छन् ।
यसैवीच बागलुङमा रहदा कस्तुरी युवा क्लब, रेडक्रस, लायन्स क्लब लगायतमा विभिन्न संघ सस्थामा आबद्ध भएर समाजसेवामा क्रियाशील रहँदै आएका युवा देवेन्द्र शर्मा देवुले यस अधिबेशनमा लोकतान्त्रिक प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उमेदवारी दिएको बताउदै नेपाली जनसम्पर्क समिति बेल्जियमको विभिन्न कार्यक्रमका माध्यमबाट क्रियाशील रहदै आएका े बताउदै जनसम्पर्क समितिको प्रथम अधिबेशनबाट उपाध्यक्ष ,पछि सल्लाहकारमा रहि काम गर्दै आएकोले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्बारी दर्ता गराएको बताए । १७ बर्ष बेल्जियममा प्रवासी जीवन बिताएका उनले नेपालमा रहदा वा बेल्जियममा रहदा नेपाली कांग्रेसको राजनीतिमा संगलग्न रहदै आएको पनि ईबागलुङलाई बताए ।