Sorry, that menu does not exist.
 

बागलुङ बजारका चोक चोकमा हर्षोल्लासमय वातावरणमा फागु (होली)मा रमाउदै युवा युवती !

बागलुङ २०७३ फागुन २९ । फागु पूर्णिमा पर्व नेपालीहरुले मान्दै आएको एक महत्वपूर्ण चाड हो । हिन्दुहरुले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन यस पर्वलाई हर्षोल्लासपूर्वक एकापसमा विभिन्न प्रकारका रंगहरु दलेर मनाउने गर्छन् । फागु अर्थात होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ ।
ती मन्दिरमा स्थानीयहरुले पूजा गरी फागु गाउने परम्परा रहि आएको छ । विशेष गरी स्थानीय नेवार समुदायले कालिका भगवती मन्दिरमा पुगेर पूजा अर्चना गरी फागु गाउँदै बजार परिक्रमा गर्ने गर्छन् । यस फागु पर्वमा बालबालिका, युवायुवती देखी बृद्धाहरु समेत फागु खेल्दै बजार परिक्रमा गर्छन् ।

बागलुङ बजारका विभिन्न चोकहरु र सडकहरुमा युवाहरु एकापसमा विभिन्न प्रकारका रंगहरु दलेर मनोरन्जन गरिरहेका छन् । बागलुङ सदरमुकामको हल्लनचोकमा स्टेज बनाएर सयौ युवाहरुले रंग दल्दै नृत्य गरिरहेका छन् भने बजारका अन्य सडकहरुमा युवा युवतीहरु एकले अर्कोलाई अविर रंग पिचकारी खेलेर रमाईलो गरिरहेका छन् ।

पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिराण्यकशिपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो ।

एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका९जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्०लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।



फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply