कोपिला कंडेल, बागलुङ २०७५ मंसिर ७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं पुर्व अर्थमन्त्री महेश आचार्यले बर्तमान सरकारको दबाब प्रशासन र प्रेस माथि परेको बताएका छन् । उनले लोकतान्त्रिक सघंसंस्था कमजोर गराएर प्रधानमन्त्री मात्र बलियो भएको बताए ।
नेपाल प्रेस युनियन बागलुङले आज बागलुङ सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई तिहाईको सरकाले मुलुकमा अस्थीरता कायम गरेको आरोप लगाए । आचार्यले लोकतान्त्रिक संस्था कमजोर बनाएर सरकार अराजकता तर्फ उन्मुख भएको बताए । बहुमतको सरकार छ तर बिधिको साशन छैन, आचार्यले भने सरकार बिधी अनुरुप नचल्दा बिकास निर्माणका काममा गतिरोध उत्पन्न भएको छ ।
बहुमतको सरकार भएपनि सरकारले उल्लेखनीय कार्य गर्न नसको चर्चा गर्दै कांग्रेस नेता आचार्यले, संघियताको खाकामा समेत बामपन्थी सरकार स्पष्ट हुन नसकेको बताए । उनले सरकारले गर्ने राम्रा काममा प्रतिपक्षी दलको तर्फबाट रचनात्मक सहयोग गने बताए ।
पत्रकारको प्रश्नको जवाफमा उनले आफ्नो पार्टी भित्र समेत नेता बलियो र पार्टीको जनाधार कमजोर बन्दै गएको धारणा ब्यक्त गरे । हाम्रो पार्टी भित्र पनि सुधार गर्नुपर्ने कुराहरु छन् कांग्रेसको समस्या पार्टीको तल्लो तह सम्म परामर्श गर्न नसक्नु हो । उनले आगामी महाधिवेशनमा पार्टीको निती नेतृत्व अनुशासन र आगामी कार्यदिशा बारे छलफल र बहस गरेर पार्टी भित्रको अन्र्तबिरोधको अन्त्य गर्ने दाबी समेत गरे ।
कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षता उपाध्यक्ष संगम घर्ती मगरको स्वागत मन्तब्य र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।