खेम अर्याल, बुर्तिवाङ २०७५ मंसिर ७ । ढोरपाटन नगरपालिकाले आफ्ना नगरका सबै वडामा जनप्रतिनिधि तथा आम सर्वसाधरण सहितको संयुक्त वडा भेला अन्तर्गत आज वडा नं १ को बुर्तिबाङमा सम्पन गरेको छ ।
नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ को बजेट कार्यान्वयन तथा सम्पादनका सन्दर्भमा वडामा विनियोजित बजेटको आम जनतालाई जानाकारी दिने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम आज वडा नं १ को कार्यक्रम नगरपालीकाको कार्यलयमा सम्पन्न भएको हो ।
वडा भेलामा बोल््दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले नगरको विकासमा जनता संग हरदम हातेमाले गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै यसको निम्ति जनताको प्रत्यक्ष्य सहभागीता रहनुपर्ने बताए । जनताको वजेट जनतालाई थाहा दिनुपर्ने भएकाले यस खालको कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
बिकासका निम्ती आफु हरदम खटेको बताउदै, बिनियोजित बजेटको दुरुपयोग हुन नदिने बताउदै उनले वडाबासीको समस्यालाई मध्यनजर गर्दै तत्काल समाधान नभएका समस्याहरुलाई अबका दिनमा आवश्यकता अनुसार समाधान गर्ने स्पष्ट पारेका थिए ।
भेलामा सर्वाधिक उठेको खानेपानीको समस्याका बारेमा बोल्दै नगरप्रमुख नेपालीले तत्काल नगरपालिकाका सम्पुर्ण स्थानमा एक घर एक धारा दिन नसकेपनि खानेपानीको अभाब हुन नदिने गरी कार्य सञ्चालन गर्नेे प्रतिवद्धता जाहेर गरे । उनले स्वाथ्य र शिक्षाको क्षेत्रमा सेवाग्राही आफै सक्रिय नभएसम्म नहुने बताए भने बुर्तिबाङ बजार छिट्टै पीच गर्ने अबधारणा रहेको खुलासा पनि गरे ।
नगर सभाबाट नगरको वडा न २ मा विभिन्न २२ वटा योजना छनौट भएका छन् जसमा ६९ लाख १२ हजार रुपैयाँ बिनीयोजीत भएको छ । आर्थिक वर्ष २०७५÷०७६ को नगर परिषदले त्यस वडाका विभिन्न स्थानमा वजेट विनियोजन गरेको र त्यसको कार्यानवयनका जनता सचेत रहन वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले आग्रह गरे । उनले त्यस अवसरमा बोल्दै, जनताको समस्या समाधान गर्नका लागि जनताकै घरदैलोमा पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बताए ।
भेलामा स्थानीय टीकाराम दमाई , दल बहादुर भण्डारी , गोपाल महत , सुरज बिश्वकर्मा ,गोरे बहादुर रसाईली , लक्ष्मण कुमाल , खगिसरा पाण्डे , सोम बहादुर पौबि यामु , देब बीक , असोक बिसी , बागदेउ बिक , तारा कुमारी बिक , त्रिदेबी छन्त्याल ,दिपेन्द्र श्रेष्ठ , हेमप्रसाद बिश्वकर्मा लगायतले आफ्नो जिज्ञासा राखेका थिए ।
उनिहरुले वडाको विकास वजेट निर्माण गर्दा स्थानीय जनतालाई टोल भेला गराई समस्याको प्राथमिकीकरण गरेर वजेट निर्माण गरिनु पर्ने, विग्रिएका सडकको मर्मत, खानेपानी समस्या समाधान लगायतका विषयमा ध्यान दिनुपर्ने, कृषकहरुका लागि कृषि कार्यक्रम, तटबन्धन लगायतका क्षेत्रमा जनताको माग संबोधन हुनुपर्ने ,त्यस्तै बुर्तिबाङ बजार भन्दा माथि रहेको गरी डाडा रात्माटा बिकासीत स्थानको अबिकसीत स्थान रहेको गुनासो गर्दै समाधानको उपाय लगायतका माग राखेका थिए ।
वडा भेला वडा अध्यक्ष भण्डारीको अध्यक्षता, उपप्रमुख करमती पु्न, प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलको आतिथ्यता, वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्तिमगर वडा नं ९ का अध्यक्ष हरी बहादुर घर्तिमगर , नगरपालीकाका लेखा अधिकृत अमृत प्रसाद पौडेल , ईन्जीनीयर नारायण पौडेल , योजना शाखा प्रमुख नायब सुब्बा चण्डीप्रसाद पौडेल सामाजीक परिचालक बिष्णु बिक ,चुडामणि भुषाल नगर प्रमुखका स्वकीय सचिब केशर बहादुर छन्त्याल, बुर्तिबाङ राईजीङ युवा क्लबका अध्यक्ष यामु पौबी , बाग्लुङ आईटीएफका अध्यक्ष दिपेन्द्र श्रेष्ठ वडा सदस्य होम बहादुर राना , असारी बीक , गौमति कुुमाल , चण्डीप्रसाद गुरुङ तथा पत्रकारहरुको आतिथ्यता रहेको थियो । आयोजित भेलाको सञ्चालन नगरपालीकाका चुडामणि भुषालले गरेका थिए ।
विकास निर्माणका कार्यमा जनतासंग हरदम हातेमाले गर्ने नगर प्रमुख नेपालीको प्रतिवद्धता !
२०७५ मंसिर ७, शुक्रबार १८:४८
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०