झरना कँडेल, बुर्तिवाङ २०७५ मंसिर ९ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती प्रतिक्षा घरको शनिबार एक कार्यक्रमका विच ढोरपाटन नगरपालीकाका नगरप्रमुख देबकुमार नेपालीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका छन् ।
नगरप्रमुख नेपालीले सहयोगी संस्थाको सहयोग, स्थानीय सरकार, जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्थापना गरिएको प्रसुति प्रतिक्षा घरको व्यवस्थापन समिति र स्वास्थ्य केन्द्र प्रशासनले संरक्षण गर्नुपर्ने धारणा राख्दै आमा र बच्चा एकै पटक बचाउने यो सराहनीय कार्यको प्रशंसा गरे ।
नगरप्रमुख नेपालीले राम्रो कामको सदैब सराहना, सम्मान र स्वागत गर्नुपर्ने बताउदै स्वास्थ्य जस्तो संबेदनीशल क्षेत्रमा चिकित्सकहरुकोे मुस्कानले सेवाग्राहीको आधा बिरामी निको हुने भएकाले मुस्कान सहितको सेवा प्वाह गर्न आग्रह गरे ।
सो अवसरमा उनले नगरको स्वास्थ्य समस्यामा के छन त्यसका विषयमा नगरपालिकालाई जानाकारी दिनुपर्ने, त्यसको आवश्यक व्यवस्थापन र प्रबन्ध नगरपालिकाले गर्न तयार भएको तर भएका संस्थालाई अस्त व्यस्त पार्न र विगार्न कोही कसैले नहुने बताउदै बिरामी स्वास्थ्य केन्द्रमा चेकजाच गराउने तर औषधी किन्न आफ्नो मेडिकलमा पठाउने कर्मचारी हावी भएको बताउदै अबका दिनमा यस्तो पाए स्थानीय सरकारले ठाडो कारवाही गर्ने चेतावनी समेत दिए ।
यस्तै कार्यक्रमका तमानखोला गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले स्वास्थ्य संस्था भन्दा वित्तिकै आम नागरिकले आफ्नो जीवन रक्षा गर्ने संस्थाको रुपमा बुझ्ने भएकाले आन्तरिक व्यवस्थापनमा ध्यान दिनुपर्ने सल्लाह दिईन् । अस्पतालमा सर्बप्रथम सरसफाईलाई ध्यान दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रसुती प्रतिक्षा घर निर्माण व्यवस्थान समितीका अध्यक्ष दधिराम शर्माले, आफुहरुले सक्रिय पुर्वक प्रतिक्षा घरको व्यवस्थान गरीएको बताउँदै त्यसको दीर्घकालीन व्यवस्थापनमा लाग्न स्वास्थ्य चौकीका चिकित्सक र व्यवस्थापन समितीले सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै ढोरपाटन नगरपालिका १ का अध्यक्ष एवम बुर्तिबाङ प्राथमिक स्वास्थ्य संस्था व्यवस्थापन समिती अध्यक्ष चित्र भण्डारीले बोल्दै स्वास्थ्य संस्थामा भवन ठुलो भएपनी आन्तरीक व्यवस्थापन गर्न अझै बांकि रहेको बताउँदै चिकित्सकको व्यवस्थापन संगै बर्षातको समयमा भल पहिरोबाट पुग्ने क्षतिको बिषयमा थप कदम चाल्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा निसीखोला गाउँपालिकाका स्वास्थ्य संयोजक टोपबहादुर चन्दले, स्वास्थ्य केन्द्रमा स्थापना भएको प्रसुति प्रतिक्षा घर तथा यहाँबाट प्रवाह भएको प्रशुति शल्यक्रिया सेवा विषेश गरी ग्रामीण क्षेत्रका महिलाहरुका लागि लाभदायी भएको बताए । यसको व्यवस्थापना सबैको सक्रियता बढाउनु पर्ने उनको भनाई थियो ।
यसैगरी स्वास्थ्य केन्द्रका पुर्व अध्यक्ष तुल्सीराम अर्यालले, भवन बनेपनि सेवा प्रवाहमा सोंचेजस्तो स्वास्थ्यकर्मीको उपस्थिति नभएकाले अव यो समस्या समाधानमा लाग्नु पर्नेमा जोड दिए ।
फेरमेड फाउण्डेशनका सिनियर अफिसर गणेश बरुवालले प्रसुति प्रतिक्षा घर निर्माण, यसको महत्व र सञ्चालन व्यवस्थापनका विषयमा जानकारी दिएका थिए । उनले मातृशिशु मृत्युदर घटाउने, घरमा हुने सुत्केरी संख्यामा कम गर्ने तथा आमा र शिशुको रक्षाका लागि यो प्रतिक्षाघर महत्वपुर्ण हुने बताए ।
पश्चिम बागलुङका चार स्थानिय तह ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, वडिगाड गाउँपालिका संगै छिमेकी जिल्लाहरुबाट समेत प्रसुती सल्यक्रियाका निम्ती महिलाहरु बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउने तर आवस्यक सेवा सुविधाको अभाबमा दुख पाउने गरेको अवस्थलाई मध्यनजर राखेर प्रसुती प्रतिक्षाघर सञ्चालमा ल्याईएको सहयोगि संस्था फेयर मेड फाउन्डेशनका प्रोजेक्ट अफीसर गणेश बरुवालले बताए ।
शनीबार उद्घाटन गरीएको उक्त घरमा टाढा देखि आएका, बजारमा डेरा लिएर बस्न नसक्ने होटेलमा बस्न नसक्ने , प्रसुती भएसंगै तत्काल घर फिर्ता हुन नसक्ने र स्वास्थ्य संस्थामा प्रसुती भएसंगै खाना बस्न समस्या हुने , आर्थिक अवस्था कमजोर भएका तथा टाढाका महिलाहरुका लागि स्वास्थ्य संस्था भित्रैको तिन कोठा छुत्याएर व्यवस्थापन गरिएको छ ।
जसमा महिला प्रसुती हुनु अगावै बस्नका निम्ती दुई बेड रहेको छ । प्रसुती भईसकेपछि बिरामिको लागि ४ र कुरुवा बस्ने ४ वटा गरी जम्म गरी ८ वडा वेड आवस्यक लत्ता कपडा समेत तयारी अवस्थामा राखिएको छ । त्यस्तै विरामिलाई जाउलो खुवाउने, तातो पानी खुवाउने लगाएतका प्रयोजनका निम्ती एक कोठामा २ सेट ग्यास सहित किचन सामाग्रि राखिएको छ । अतिथीहरुले ले ति ३ कोठा वा प्रीतक्षा घरको अवलोकन गर्नुभएके थियो । अबलोकन पश्चात सो कार्यको सबैले खुलेरै प्रसंसा गरेका थिए ।
प्रतिक्षा घर निर्माण सम्पन्न भएपछि निर्माण उपभोक्ता समितिले शनिबार सोही कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीलाई उक्त प्रतिक्षाघरको चावी हस्तान्तरण गरिएको थियो ।
यसरी यी सुविधा सञ्चालनमा ल्याएईसंगै प्रसुती हुने महिलाहरुका लागि सहजता हुने देखिएको छ । त्यस्तै प्रसुती शल्यक्रियाका निम्ती आएका डा.दिलिप कोजुलाई सोही कार्यक्राका अबसरमा सम्मान तथा स्वागत गरीएको छ ।
सो अबसरमा प्रसुती प्रतिक्षा घर निर्माण व्यवस्थान समितीका सदस्य चिन्तामणि शर्माले प्रतिक्षा घर निर्माणको चरणमा लागेको खर्च आम्दानीको विवरण प्रस्तुत गरेका थिए । उनले भिमपोखरा युवाक्लवबाट दातृसंस्थाबाट आएको ४ लाख २५ हजार आम्दानी तथा निर्माणमा ३ लाख ३४ हजार ४ सय २७ खर्च भएको र वाँकी ९० हजार ५ सय ७३ रहेकोे बताए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख नन्दराम भुसाल, नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत धन प्रसाद पोखरेल, इलाका प्रहरीकार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओम प्रकास यादव, तमानखोला गाउँपालिकाका स्वास्थ्य संयोजक गरिमा हर्मेल, स्थानीय समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रसुती प्रतिक्षा घर निर्माण व्यवस्थान समितीका अध्यक्ष ददिराम शर्माको अध्यक्षता, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सीनीयर अहेब ऋतुवर्ण पौडेलको स्वागत मन्तब्य , भिमपोखरा युवा क्लबका प्रोजेक्ट कोर्डिनेटर तारा लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।