Sorry, that menu does not exist.
 

प्रजिअव्दारा पीडितलाई राहत रकम हस्तान्तरण, नगरप्रमुख नेपालीको प्रशंसा !
सबैको सहयोगबाट अग्नि पीडितहरुको दीर्घकालीन व्यवस्थापनका लागि पहल गर्ने प्रजिअ खरेलको प्रतिवद्धता !

नबीगाउँका अग्नि पीडितहरुको बिचल्ली : जलेका घरका भग्नावशेषमा आगो पुत्ताउदै !

दिनेश शर्मा ढोरपाटन २०७५ मंसिर ११ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेल सहितको टोलीले ढोरपाटन नगरपालिका ९ ढोरपाटनको नबीगाउँमा भीषण आगलागीबाट भएको क्षेतीको स्थलगत निरीक्षण अवलोकन गरेको छ ।

अवलोकन पछी त्यहाँ आयोजित एक कार्यक्रममा प्रजिअ खरेल घटना स्थलमै पुगि पीडित परिवारसंग भेटघाट गर्दे आगलागीबाट पीडित ३४ घरपरिवारलाई नगद रु १० हजार रुपैँयाका दरले राहत हस्तान्तरण गरेका छन । त्यस्तै ४ घरपरिवार कार्यक्रममा उपस्थित नभएका कारण पुन हस्तान्तरण गरिने जानकारी प्राप्त भएको छ । बांकी आंशिक क्षेति भएका १० परिवारलाई पछी राहत उपलब्ध गराईने ईलाका प्रशाशन कार्यालय बुर्तिबाङका प्रमुख नन्दराम भुसालले बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ खरेलले भीषण आगलागी बाट भएको क्षती प्रति दुख मनाउ गर्दै तत्काल राहतका लागी सरकार तपाईहरुको साथ छ भन्ने सन्देश दिन जनही रु १० हजार रकम राहत वितरण गरिएको बताए ।

प्रजिअ खरेलले स्थानीय तह, प्रदेश सरकार सबैको सहयोगमा पीडितहरुको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक पहल गर्ने पीडितहरुलाई भरोशा दिलाए । उनले आधारले बाँचिन्छ अतासले मरिन्छ भन्ने उखान स्मरण गर्दै यो राहत रकमले आधारको काम गर्ने विश्वास व्यक्त गरे ।

पीडितहरु समक्ष बोल्दै जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ खरेलले यो हृदयविदारक दुखद घटना भएकै दिन ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली यहाँ आएर पीडितहरुका लागि नगरपालिकाबाट एक।एक लाख नगद सहयोग दिने तथा सबै घरहरु छाउनका लागि व्यक्तिगत खर्चमा कर्कटपाता उपलव्ध गराउने घोषणा गरेकोमा नगरप्रमुख नेपालीको मुग्ध कण्ठले प्रशंसा गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले यो आगलागी घटनालाई पाठको रुपमा लिएर अब निर्माण गरिने भवनहरु सुरक्षित तरिकाले निर्माण गनूृ पर्ने सुझाव दिएका थिए ।

सो अवसरमा ईलाका प्रशासन कार्यालयका प्रमुख नन्दराम भुसाल, ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का वडा अध्यक्षहरु क्रमश: नन्दे सुनार तथा हरिबहादुर घर्तीमगर, साविक बोवाङ गाविसका उपाध्यक्ष भद्रमणि सुनार लगायतले मन्तव्य दिएका थिए । कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तको सन्चालनमा सम्पन्न भएको थियो ।

आगलागी भएर भग्नावशेषमा परिणत भएका घरहरुमा आझै धुवाँ पुत्ताई रहेको छ । स्थानीयहरुले घरभित्र जमिन खनी आलु लगायतका खाद्यान्नबाली भण्डारण गर्ने हुनाले भण्डारण गरिएको ठाउँमा सल्किएको आगो अहिले सम्म ननिभेको स्थानीयले बताए ।

अहिले नबी गाउँमा अग्नि पीडितहरुको बिचल्ली छ । बस्ने घर बास र भण्डारण गरिएको सबै आलु र अन्य अन्नबाली खरानी भएकोले अग्निपीडितहरु छिमेकीको आश्रयमा रहेका छन् ।

त्यस्तै बुधबार नेपाल रेडक्रस सोसाईटी बागलुङले समेत राहत वितरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply