Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकालाई अग्नि नियन्त्रण सामाग्री हस्तान्तरण, सहयोग दाताहरुलाई नगर प्रमुखद्वारा स्वागत !

योगेन्द्र बिश्वकर्मा बुर्तिवाङ २०७५ मंसिर १२ । ढोरपाटन नगरपालिकालाइ आज एक कार्यक्रमको आयोजना गरि अग्नि नियन्त्रण सामाग्री हस्तान्तरण गरिएको छ । निसीखोला गाउपालिका वडा नम्बर २ अर्नाकोटमा जन्मिएर निरन्तर सामाजिक कार्यमा अग्रसर रहदै आएका प्रेम वहादुर कुवर र वेल्जियमबाट अग्नि नियन्त्रण तालिम सञ्चालनका लागि काठमाडौ आएका वेल्जियम नागरिक योहन् स्कर्ट सँग समन्वय गरेर केही अग्नि नियन्त्रक सामाग्री हस्तातन्तरण गरिएको होे ।

गत आइतबार ढोरपाटन नगरपालिकाको वडा नम्बर ९ ढोरपाटन नबी गाउँमा आगलागि भएको खबर पाएपछि यस ठाउँमा सचेतना कार्यक्रम सँगै आगामी दिनमा हुनसक्ने आगोलागीका घट्नालाइ मध्यनजर गर्दै अग्नि नियन्त्रण सामाग्री हस्तान्तरण गरिएको कुवरको भनाइ छ । अग्नि नियन्त्रणका लागि फायर हुइप १० ओटा आगो नियन्त्रणका समयमा लगाउने ज्याकेट टिशर्ट हेल्मेट र आगोलागिका समयमा सामान ओसार्ने बाकस नगरपालिकालाइ हस्तान्तरण गरिएको छ ।

आफ्नै पहलमा ढोरपाटन नगरपालिकाका २ जना र निसीखोला गाउँपालिकाबाट ४ जनाले हालै अग्नि नियन्त्रण सम्बिन्धि तालिम लिइसकेको र अब केही दिनपछी उनिहरुले दुइओटै पालिकामा तालिम सञ्चालन गर्ने पनि कुवरले ईबागलुङलाई जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपालीले नगरपालिकामा परेको आपत्तिका समयमा यहिँका स्थानिय कुवँर र वेल्जियम नागरिक योहन स्कर्टले चासो राखेर स्थलगत अवलोकनका लागि आएकोमा धन्यवाद ज्ञापन गर्दै आगोलागि पीडित ढोरपाटन नबी गाँउका ४८ परिवारका लागि ट्वाइलेट सहित एकै किसिमका घर निर्माण गर्ने योजना रहेको बताए ।

नगरप्रमुख नेपालीले ढोरपाटन नगरपालिकाकै अति विकट ठाउँ गरिब दलित तथा जनजातिको बसोबास भएको ठाउँमा आगोलागि भएको र त्यहाँ वस्ति पुर्ननिर्माणका लागि विभिन्न सहयोगदाता दातृ निकायहरुको सहयोगको अपेक्षा गरिएको बताए ।

नगरप्रमुख नेपालीले यस अघि आगोलागि भएकै दिन ढोरपाटन पुगेर नगरपालिकाका तर्फबाट प्रति परिवार एक एक लाख रुपैया सहयोग गर्ने र आफुले व्याक्तिगत रुपमा टिनको छाना लगाउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाई सकेका छन् ।

सोही अवसरमा नगरपालिकाका तर्फबाट कुवर र स्कर्टलाइ खादा र अबिर लगाएर सम्मान समेत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply