हरि शर्मा, बागलुुङ,२०७३ फागुन २९ । नेपाल शिक्षक संघ बागलुङको आठौँ जिल्ला अधिबेशन अध्यक्षमा उमाकान्त शर्मा समेत अन्य पदाधिकारी सदस्यहरु सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रिय सदस्य इन्द्रराज पौडेलको संयोजकत्वमा ८ सदस्यीय बोर्ड बैठकले नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा डिल्लीराज अर्याल, महिला उपाध्यक्ष सीता शर्मा, सचिवमा हेमराज गैरे, सह सचिवमा मदन कार्की, समावेसी सहसचिवहरुमा तेजेन्द्र घर्ती र कविराज वि.क, सहसचिव (महिला) विष्णु मल्ल, ,अर्थ सचिव लक्ष्मीकान्त पौडेल राजेन्द्र, अर्थ सहसचिव निर्मा श्रीस चयन भएका छन ।
सदस्यहरु खुल्ला तर्फ विपिन कार्की, भीमप्रसाद सापकोटा, यामबहादुर कायत, हरिनारायण पौडेल चयन भएका छन भने महिला सदस्यहरुमा धनकुमारी भण्डारी, सुमित्रा कुमारी शर्मा, पवित्रा थापा केसी रहेका छन ।
त्यस्तै महिला प्रदेश सदस्यहरुमा वेम कुमारी थापा,गिताकुमारी घिमिरे,किमकुमारी छन्त्याल,प्रदेश महाधिवेशन प्रतिनिधीमा रेशम जिसी, नन्दलाल सापकोटा, भानु आचार्य,थानबहादुर नेपाली, जगबहादुर छन्त्याल, कुलबहादुर घर्तीमगर रहेका छन । संघीय महाधिवेशन प्रतिनिधीमा गोपालकुमार शर्मा, सागर खरेल, देवेन्द्र खत्री, विष्णु सापकोटा, हरि लामिछाने, घनश्याम शर्मा रहेका छन । संघीय महिला प्रतिनिधीमा ज्ञानु श्रीस शर्मा, कल्पना खरेल, हुमा रिजाल रहेका छन ।
स्थानीय कार्यसमितीमा माधवप्रसाद उपाध्याय, टेकनारायण आचार्य, हरिप्रसाद चालिसे, निमबहादुर जिसी, जगुपति कडेँल, भीम रोका, प्रेमबहादुर खत्री, दीननाथ पौडेल, सत्यनारायण सिंह, मानबहादुर केसी चयन भएका छन । त्यस्तै भुवानीप्रसाद कडेँलको नेतृत्वमा नवनिर्मित कार्यसमितीलाइ सुझाव दिन र नेपाल ट्रेड युनियनमा सहभागी हुन १४ सदस्यीय कार्यसमिती समेत गठन भएको छ ।
सो अवसरमा नेपाली काग्रेँस पार्टी सभापति दिपेन्द्रबहादुर थापा, नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष सागर खरेल, निर्वाचन अधिकृत दुर्गादत्त आचार्य, सर्वसम्मत समन्वयन समिती संयोजक इन्द्रराज पौडेल लगायतले नयाँ कार्यसमितिलाइ बधाइ तथा शुभकामना सहित आफ्ना भनाइ राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष उमाकान्त शर्माले शिक्षाको गुणस्तर अभिवृद्धि र शिक्षकहरुको हक हितको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो अवसरमा नयाँ कार्यसमितीलाइ अविर, खाँदा सहित बधाइ तथा सम्मान समेत गरिएको थियो ।