कोपिला कंडेल, बागलुङ २०७५ मंसिर १६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बागलुङले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै बिरोध पर्दशन सहित कोण सभा सम्पन्न गरेको छ ।
नेकपाको देश ब्यापी कार्यक्रम अन्र्तगत आज बागलुङमा पनि बिरोध स्वरुप दबाब मुलक कार्यक्रम गरेको नेकपा बागलुङले जनाएको छ ।
सो अवसरमा बोल्दै नेकपा जिल्ला ईन्चार्ज बिकिरणले हत्या भएको लामो समय बितिसक्दा पनि हत्यारालाई कारबाही गर्न नसक्नु दुखद भएको भन्दै, सरकारले न्याय दिन नसके आफुहरुले हत्यारा पत्ता लगाएर सार्वजनिक गर्ने दाबी गरे ।
उनले वर्तमान सरकारले जनचाहना बिपरीतको काम मात्र गरेको आरोप लगाउदै पछिल्लो समयमा मुलुकमा हत्या हिसां बलत्कार भ्रष्टाचार कालोबजारी महंङ्गी लगायतका बिकृति बिसंगति मौलाउदै गएको आरोप लगाए ।
नेकपा नेता बिकिरणले यस्ताखाले गतिबिधी सरकारले तत्काल नसच्चाए आफुहरुले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिए । संसदीय ब्यवस्था बिरुद्ध आफुहरुले लामो कठिन सघर्ष गरेपनि केही नेतृत्व बर्गको निहित स्वार्थका कारण उपलब्धीमुलक हुन नसकेको चर्चा गर्दै, संसदीय ब्यवस्थाको खारेज गरी बैज्ञानिक समाजबादको ब्यवस्था गर्न माग समेत गरे ।
त्यसैगरी बिद्यार्थी नेता प्रविण साप्कोटाले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसक्ने सरकार महिला लगायत कुनैपनि उत्पीडित वर्ग र समुदायको हकहित र न्यायको पक्षमा नरहेको आरोप लगाए । उनंले न्यायपुर्ण ब्यवस्था निर्माणका लागि युवा बिद्यार्थी लगायत परिवर्तनकारी शक्तिले निरन्तर खवरदारी गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन नेकपा सदस्य गोबिन्द कार्कीले गरेका थिए ।