कोपिला कंडेल, बागलुङ २०७५ मंसिर १७ । समाजमा देखा पर्ने बिकृति बिसगंति लगायत सम्पु्र्ण अपराधजन्य क्रियाकलाप न्युनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बागलुङले सक्रियता बढाएको छ ।
प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला, पालिका, वडा र टोल सम्म स्थानिय सरोकारवाला संग समन्वय र सहकार्य गर्ने उद्देश्यले बिभिन्न समिति समेत गठन गरेको जिल्ला प्रहरी कार्यालय बागलुङव्दारा सोमबार आयोजित अन्तरक्रियामा जानकारी गराईएको हो ।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मीले हर प्रहर गाउं र नगर, टोल टोलमा नेपाल प्रहरी भन्ने नारा साथ प्रहरी जिल्ला हुदै नगर र गाउंपालिका तथा वडा र टोल सम्म पुगेको बताए । उनका अनुसार हाल सम्म जिल्ला सहित ४ नगरपालिका तथा ६ गाउंपालिकामा समिति गठन भईसकेको छ । स्थानियको साझेदारीमा जिल्लाका ८५ वटै वडामा समेत समिति गठन भएको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।
कम उमेरका बिद्यार्थीलाई प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रशिक्षण एबं जानकारी दिदा हिसां अपराध बिकृति बिसंगति लगायत भुकम्पबाट जोगिने तरिका सम्बन्धी समाजमा सकरात्मक प्रभाव पर्ने प्रहरी प्रमुख रेग्मीको भनाई छ ।
शान्ति सुरक्षा प्रभावकारी बनाउन एबं महिला तथा बालबालिका माथि हुने बिभिन्न हिसांत्मक क्रियाकलाप अन्त्यका लागि अधिकतम बिद्यार्थी र स्थानिय सरोकारवाला संग समन्वय गर्छौ प्रहरी प्रमुख रेग्मीले भने, सबैको सहयोग र सहकार्यबाट प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ । उनंले समुदायको समस्याको पहिचान गरी आवश्यकता अनुसारका कार्यक्रम स्थानिय तह सम्म लैजाने जानकारी समेत दिँदै शान्ति सुरक्षाको भरपर्दो हुनसके मात्र बिकासको मार्ग खुला हुने धारणा ब्यक्त गरे ।
अन्तरक्रियामा जिल्लाका एक सय बढी बिद्यालयहरुमा समेत समिति गठन गरिएको र एक कक्षा देखी पाँच, ६ देखी ८ र सो भन्दा माथि १२ कक्षाका बिद्यार्थीलाई समेटेर बिद्यालय स्तरिय समिति गठन गरेको प्रहरी महिला सेल प्रमुख अनु राईले जानकारी दिएकी थिईन् ।
अन्तरक्रियाका सहभागीले प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सबैले सहकार्य समन्वय र सदभाव कायम गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङ्गाना नगरपालिकाका प्रमुख जनकराज पौडेल लगायत वडा अध्यक्ष कार्यपालिका सदस्य लगायतका सरोकारवालाले सहभागिता जनाएका थिए ।