Sorry, that menu does not exist.
 

महोत्सवमा व्यक्तिगत ३ लाख ३३ हजार भन्दा बढी रकम सहयोग गरेर चर्चामा आए दीपक अदै !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर १७ । निसीभूजी जनता क्याम्पसलाई स्मार्ट क्याम्पसको रुपमा विकास गर्न सहयोग संकलन हेतु बुर्तिवाङमा सन्चालित बागलुङ ढोरपाटन शैक्षिक एवं धार्मिक महोत्सव २०७५ को आज तेश्रो दिन निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । महोत्सवको दोश्रो दिन हिँजो तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आजको कार्यक्रममा निसीखोला गाउँपालिकाका ७ वडाहरुबाट एक/एक लाखका दरले ७ लाख र गाउपालिकाका तर्फबाट रु ५ लाख गरी १२ लाख रुपयाँ महोत्सवलाई सहयोग दिने गाउपालिका अध्यक्ष पौडेलले घोषणा गरेका छन् । अध्यक्ष पौडेलले व्यक्तिगत रुपमा रु २६ हजार प्रदान गरेका छन् । यसैवीच फुलबारी बहुउद्देशीय कृषक समुह तुलसी नगरले महोत्सवमा रु ५१ हजार १ सय ५ रुपयाँ प्रदान गरेको छ ।

आजको कार्यक्रममा निर्माण व्यवसायी दीपक कुमार अदैले व्यक्तिगत रुपमा ३ लाख ३३ हजार ३ सय ३३ रुपयाँ क्याम्पसलाई प्रदान गरेर चर्चामा आए । साबिक बोवाङ गाविस बोवाङ स्थायी घर भै बुर्तिवाङ बजारमा निर्माण व्यवसाय सन्चालन गरेका अदैले क्याम्पसको भवन निर्माण गर्न रु १ लाख ३ हजार ३ सय ३३ रुपयाँ प्रदान गरेका थिए । उनी बुबा जंगबहादुर अदै तथा आमा कृष्णादेवी अदैको कोखबाट माहिलो छोराको रुपमा जन्मलिएका अदै ढोरपाटर नगर च्याम्बर अफ कमर्शका अध्यक्ष हुन् ।

झण्डै एक दशक बैदेशिक रोजगारीमा विताएका समाजसेवी अदै पछिल्लो समय बुर्तिवाङ बजारलाई कर्मथलो बनाएर निर्माण व्यवसाय सन्चालन गर्दै आएका छन् । बैदेशिक रोजगारीमा रहँदा पनि अदैले यस क्षेत्रको विकासमा उल्लेखनीय सहयोग गर्दै आएका थिए ।

गत भदौ २९ गते गएको तुरतुरे देउरालीको पहिरोले अबरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सन्चालनमा ल्याउन उनले निकै महत्वपूर्ण सहयोग गरेका थिए ।
अन्य सहयोग दाताहरुको नाम अपडेट गर्दै जाने छौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply