Sorry, that menu does not exist.
 

राक्से क्षत्रमा फोहोर फ्याँक्नेहरु प्रति आमाहरु कठोर, नटेरे कार्वाही गरिने दिए चेतावनी !

कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ मंसिर १८ । मध्यपहाडी लोकमार्ग अन्तरगतको बडीगाड गाउँपालिका वडा नं. २ राक्से क्षेत्रमा फोहरमैला तथा प्लाष्टिक फ्याँक्न निषेध गरिएको छ । स्थानिय सुरक्षा आमा समुहको पहलमा वडा अध्यक्ष, प्रहरी, पत्रकारको रोहबरमा सीमा क्षेत्रमा व्यानर टाँगी फोहर फाल्न कडाइको सुरुवात गरिएको हो ।

लोकमार्गको स्तरोन्नती संगै रात्रि तथा दिवा यात्रुवाहक सवारी साधन चल्न थालेको र गाडीवाट फोहरजन्य पदार्थ जथाभावी फाल्दा दुर्गन्ध फैलिएकोले सो कदम चाल्नुपरेको आमा समुहकी अध्यक्ष विष्णु पुरीले ईबागलुङलाई बताईन् ।

पहिलो चरणमा आमाहरुले प्रत्येक यात्रुवाहक गाडीहरुलाई रोकी फोहर नफाल्न सुझाव दिइने र त्यस पछि पनि सुधार नभए जरिवाना सहित कार्वाही गरिने कोषाध्यक्ष पार्वती वनले वताईन् ।

आमा समुहको कामलाई प्रशंसा गर्दै स्थानियहरुले समेत साथ दिएका छन्। आमाहरुको काम निकै प्रशंसनीय भएको र आफूहरुले पूर्ण साथ दिएको स्थानिय युवनाथ घिमिरेले वताए ।

गत वर्ष स्थापना भएको आमा समुहले समाजमा हुने शुभ कार्यमा सहकार्य गर्दै सहयोग संकलन गर्ने र तिहारमा भैलो समेत खेली संकलन गरेको रकमले स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै भोजभतेरमा आवश्यक पर्ने भाँडा, कुर्सि लगाएतका सामागी्रहरु पनि किनेको छ ।

आफूहरुले सामाजिक चेतनाको लागि नियमित काम गर्ने तथा संकलित पैसावाट पाटि पौवा निर्माण समेत गर्ने योजना रहेको सचिव खगी कुमारी थापाको भनाई छ ।

आमा समुहले हरेक महिनाको १५ गते सरसफाई समेत गर्दै आएको छ । सो अभियानले बडीगाड गाउँपालिकाको “हरेक महिना एक दिन जनश्रमदान, बडीगाड गाउँपालिकाको जिवन्त अभियान” लाई समेत सहयोग पुगेको भन्दै कार्यवाहक वडा अध्यक्ष हिमा खरेलले खुस व्यक्त गरिन् ।

घरायसी काममै रुमलिएका राक्से, काँडेरुख, जिमी क्षेत्रका आमाहरु एकजुट भई सामाजिक कार्यमा अग्रसर भएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply