बागलुङ, २०७५ मंसिर १९ । सनराइज आवासीय माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरि यही मंसिर ७ देखि ९ गते सम्म इन्डोनेशियाको जाकर्तामा सम्पन्न छैटौं एशियन गोजुुरियो कराते प्रतियोगितामा र मंसिर १५ र १६ गते मलेशियामा सम्पन्न पाँचौ ओपन कराते प्रतियोगितामा स्वर्ण पदक, रजत पदक र कास्य पदक प्राप्त गर्न सफल विद्यार्थी खेलाडी र प्रशिक्षकको सम्मान गरेको छ ।
इन्डोनेशियामा आयोजित खेलमा सनराइजका चिरायु रिजालले २ स्वर्ण, १ रजत र १कास्य पदक र दिलिप पुनले १ कास्य पदक प्राप्त गर्न सफल भएका थिए भने मलेशियामा सम्पन्न ओपन कराते खेलमा चिरायु रिजाल र दिलिप पुन ले टिम कुमितेमा १÷१ कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
सन्राइजकी शिक्षिका एवं कराते प्रशिक्षक पुष्पाकुमारी क्षेत्रीले एसियन गोजुरियो कराते फेड्रेसनको रेफ्री सेमिनारमा सहभागी भै एसियन फेड्रेसनको व्याज प्राप्त गर्न सफल भएकी थिईन् ।
कार्यक्रममा विजेता खेलाडीलाई फुल माला अविर खादा र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रमा जिल्ला खेलकुद विकास समितिका सचिव भिमसेन शाक्य, नेपाल गोजुरियो कराते दो संधका केन्द्रिय सदस्य पुष्पा कुमारी क्षेत्री, धवलागिरि मोडेल एकेडेमीका प्रिन्सिपल रविन खडकाले शुभकामन मन्तव्य राख्नु भएको थियो भने खेलाडी चिरायु रिजाले आफ्नो अनुभूति व्यक्त गरेका थिए ।
सम्मान कार्यक्रम विद्यालयका अध्यक्ष निरबहादुर क्षेत्रीको अध्यक्षता, शिक्षिका भुमिकला थापाको स्वागत र प्रिन्सिपल चन्द्रबहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।