Sorry, that menu does not exist.
 

क्यापसमा बिद्यार्थीलाई पढनुपर्छ भन्ने वातावरण सिर्जना गर्ने तर्फ ध्यान दिनु जरुरी -अध्यक्ष भण्डारी

गल्कोट २०७५ मंसिर २१ । स्वतन्त्र बिद्यार्थी युनियन गल्कोट बहुमुखी क्यापसमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत मंसिर १९ गतेदेखि आयोजना गरिएको शैक्षिक, खेलकुद र सास्कृतिक कार्यक्रम अन्तर्गत आज शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा क्यापसका प्रध्यापक र बिद्यार्थी बिच भएका समस्याका बारेमा बिशेष छलफल भएको थियो । बिद्यार्थीहरुले क्यापसमा आन्तरिक परिक्षालाई सञ्चालन गनुपर्ने, ट्यूसन कक्षाको ब्यवस्थापन गनुपर्ने, प्रध्यापकहरुलाई नियमित बनाउनुपर्ने लगायतका प्रश्न गरेका थिए ।

कार्यक्रममा बोल्दै गल्कोट बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष मुकुन्दसिह भण्डारीले बिद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागी यस्ता खाले कार्यक्रम अनिवार्य हुने बताए । बिद्यार्थी र प्रध्यापकहरु बिचको सम्बन्धलाई नजिकबाट निहाल्न सकिने भन्दै क्यापसमा बिद्यार्थीलाई पढनुपर्छ भन्ने वातावरण सिर्जनातर्फ ध्यान दिनु पर्ने बताए ।

कार्यक्रमममा गल्कोट बहुमुखी क्यापसका निर्वतमान क्यापस प्रमुख देबेन्द्र खत्री र प्रध्यापक राम बहादुर खत्रीले मन्तब्य राखेका थिए ।

कार्यक्रम गल्कोट बहुमुखि क्यापसका प्रमुख कृष्णप्रसाद गौतमको अध्यक्षता र स्ववियु सभापति गुमानसिह भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच आजै बिद्यालय स्तरिय बतृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गल्कोट बहुमुखी क्यापसका साहायक क्यापस प्रमुख झलक पाण्डेले बिद्यार्थीहरुको प्रतिभा मापन गर्ने यस्ता खाले कार्यक्रमले बिद्यार्थीहरुलाई शिक्षातर्फ अग्रसर हुन प्रेरित गर्ने बताए । कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखी क्यापसका सभापति गुमानसिह भण्डारीको अध्यक्षता, प्रध्यापक राम बहादुर खत्रीको स्वागत मन्तब्य र बिद्यार्थी धुर्व सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

उक्त प्रतियोगितामा नवप्रभात बोडिङ स्कुलका रक्षा गौतम प्रथम र न्यु लाईफ आवसिय माद्यमिक बिद्यालयका सिर्जना बोहोरा व्दितिय भएका छन ।

कार्यक्रममा बोल्दै त्यस्तै खुल्ला बिद्यालय स्तरिय भलिबल प्रतियोगितामा आयोजक समुह ए, गलकोट मोडनाईज ऐकेडेमी, महेन्द्र माबि नरेठाटी सेमिफाईनल प्रवेश गरेका छन । त्यस्तै धौलागीरी बहुमुखी क्यापस र स्पाईरल ग्यालेक्सी ऐकेडेमि बिच क्याटरफाईलको खेल हुने खेल संयोजक अर्जुन खत्रीले बताए । भोलि अन्तिम दिन बिहान ७ बजेदेखि भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply