Sorry, that menu does not exist.
 

सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङको आयोजनामा लैगिंक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ मंसिर २३ । बुर्तिबाङ बजारमा आज एक कार्यक्रमको आयोजना गरि १६ दिने लैंगिक हिंसा बिरुद्धको कार्यक्रम गरिएको छ । “लैंगिक हिंसा र दुब्र्यबहार छैन हामीलाई स्वीकार”भन्ने मुल नाराका साथ चलिरहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत ढोरपाटन नगरपालिका बुर्तिबाङ बजारमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङको आयोजनामा कार्यक्रम गरिएको हो ।

लैँगिक समानता कायम गरौँ,महिला हिंसा अन्त्य गरौँ लगाएतका नारा लेखिएका प्लेकार्ड सहित बुर्तिबाङ बजार परिक्रमा गरि बस पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

कार्यक्रमाका प्रमुख अतिथी एवं नगर प्रमुख देवकुमार नेपालीले दीप प्रज्वलन गरि उद्घाटन गर्दै महिला शिंसा विरुद्धका कार्यक्रम बर्षमा एक पटक मात्र नभइ निरन्तर घर, टोल, समाज र देश सबै ठाँउमा गर्न आबश्यक रहेको बताए । महिला हिंसाका घटना न्युनिकरण गर्नका लागि प्रथमत सबैलाई शिक्षाको पहुचमा पु¥याउदै चेतनाको बिकाश गर्न आग्रह गर्दै शिक्षामा आफुले पनि लगानी गरेकोले सबै परिवारबाट छोरा र छोरीलाई बराबर शिक्षा दिन आबश्यक रहेको बताए ।

प्रमुख अतिथि नेपालीले यस्ता सकरात्मक कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि आगामी बर्षमा नगरपालिकाबाट बजेट बिनियोजन गर्ने समेत उल्लेख गरे ।
बिषेश अतिथिको रुपमा बोल्दै उपमेयर कर्मती पुनले अझै पनि महिला र पुरुषलाई हेर्ने नजर फरक रहेकोले अब फरक नजरले होईन समान नजरले समान अबसर प्रदान गर्न आबश्यक रहेको बताईन् । सरकारले पनि महिला पुरुष सबैलाई बराबरको कानुनको ब्यबस्था गरेको र महिलालाइ विशेष अधिकार दिएकाले हामीले आफ्नो अधिकार खोज्नु पर्ने र त्यसका लागि सबै सचेत हुन आबश्यक रहेको बताएकी थिईन ।

अर्का बिशेष अतिथि इलाका प्र्रशासन कार्यलय बुर्तिबाङका प्रमुख नन्दराम भषालले महिलालाई पुरुषको तुलनमा धेरै सुबिधा भएकोले सुबिधा उपभोग गर्न सचेत हुनु पर्ने बताए । त्यस्तै बिषेश अतिथि महिला अधिकार कर्मी गण्डकी थापा अधिकारीले देश सँघीयतामा जादै गर्दा केन्द्रको शासन स्थानिय तहमा रहेको भनिएपनि सास्ती बेहोर्नु परेको बताउदै सम्बन्धित निकायले चासो दिनु पर्ने चर्चा गरिन् ।

कार्यक्रममा महिला अधिकारकर्मी खगिसरा पाण्डे, धनकुमारी कुँवर, गिता घिमिरे, केशकुमारी बुढा मगर लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष दुर्गादेबी घर्ती मगरको अध्यक्षता कोषाध्यक्ष दिलमाया पौँवीको स्वागत मन्तब्य र सञ्चालन सस्थाकी सचिव मनकुमारी गैरेले गरेकी िथिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply