चन्द्रमणी न्यौपाने, गल्कोट २०७५ मंसिर २३ । खरुवा माध्यमिक बिद्यालय गल्कोट नगरपालिका ४ ओखरबोट्मा एक साता देखि मास हिस्टेरियाको समस्या देखिएको छ । चिकित्सकहरुका अनुसार मास हिस्टेरिया अत्याधिक तनावका कारण सिर्जना हुने समस्या हो ।
बिद्यालयका प्रधानाध्यापक हेमराज गैरेका अनुसार ‘विद्यार्थीहरु एकसातादेखि एकपछि अर्को गर्दै मुर्छा पर्ने, घरी रुने, कराउने, चिच्याउने अनि वेहोस हुने गरेकाले अभिभावकहरु आत्तिएर हैरान भएका छन् भने बिद्यालयमा पठनपाठनमा समेत समस्या परेको बताए।
एकसातादेखि विद्यार्थीहरुले अनौठो मानसिक र शारीरिक लक्षण देखाउदै आएकाले समाधानको उपाय खोज्न गैरेले गल्कोट नगरपालिकाका स्वास्थ शाखा प्रमुखलाइ फोन गरेपछि नरेठाटी स्वास्थ चौकी र बौर सामुदायिक स्वास्थ्य इकाइबाट स्वास्थ्यकर्मीको टोली खटाइएको थियो ।
वडा नम्बर ४ को संगमस्थलको विद्यालयमा अध्ययनरत किशोर उमेरका विद्यार्थीमा अनौठो लक्षण देखा पर्नुलाई धेरै अभिभावकले अन्धविश्वासको साहारा लिंदै भूतप्रेतले सताएको, बोक्सी लागेको, विद्यालय परिसरको बास्तुशास्त्र ठीक नभएको, नजिकैको मसान लागेको, बोकाको बलि नदिएकाले यस्तो भएको भन्ने अनुमानसम्म गरे ।
विद्यालयमा कक्षा आठमा अध्ययरत एक छात्रा एकसाताअघि अचानक चिच्याउदै वेहोस भएको देखेपछि कक्षा ७ देखि १० सम्मका छात्राहरु विरामी पर्न थालेपछि अबिभाबक चिन्तित बनेका हुन । प्राध्यानध्यापक गैरेले दिएको लक्षणको विवरण र नरेठाटी स्वास्थ्य चौकीका अहेब लक्ष्मण कार्की, यसोधा शार्मा र बौर सामुदायिक स्वास्थ इकाइका ईश्वर पुनको टोलि प्रत्यक्ष बिरामिसङग सोधपुछ गर्दा ‘मास हिस्टेरिया’ भएको र यो एक अनौठो रोग भएकाले एकैचोटी धेरै जनामा एकै प्रकारको लक्षण देखाई विरामी पर्ने बताएका छन । उक्त टोलीले बिद्यार्थीलाई रोगको बारेमा सचेत हुनुपर्ने, अन्धबिस्वासको पछि नलाग्न प्रशिक्षण समेत गरेका थिए । आजै बिद्यालय मास हिस्टेरियाका कारण बिरामी परेका ३ छात्राको सामान्य उपचार पछि निको भएको छ भने अन्य विद्यार्थी बिरामी परेका छैनन । यस अघि भने दैनिक ६र७ जना बिरामी पर्ने गरेका थिए ।