प्रेम सुनार, गुल्मी २०७५ मंसिर २४ । बर्षेनी मानवअधिकार दिवस मनाईन्छ । सबैका लागि न्यायको कुरा गरिन्छ । तर अझै पनि गाउँ समाजमा बल–ताकत र राजनैतिक पहुँच भएकाहरुलाई अरुको मानवअधिकार बारे मतलव नै छैन । त्यस्ता सबै कुरामा पहुँच राख्नेहरुको अहिले पनि निर्दा माथी मन परी गरिरहेका छन । त्यसको पछिल्लो उदाहरण हो गुल्मीको एक घटना ।
सत्यवती गाउँपालिका वडा नम्वर १ , रुद्रवेणीका बिष्णु श्रेष्ठले छिमेकी राजकुमार श्रेष्ठको ब्यवसायीक केरावालीमा खुकुरी नचाउँदै डेढ लाख मुल्य बराबरको केरा फँडानी गरेको झण्डै एक महिना हुन लाग्यो तर श्रेष्ठले प्रहरी , सोही वडा कार्यालय र पालिकाको न्यायिक समितिमा पुग्दा समेत न्याय पाउन सकेका छैनन ।
कार्तिक २९ गतेका दिन श्रेष्ठले मदिरा सेवन गरी सुरुमा राजकुमार श्रेष्ठलाई बाटैमा रोकेर लछार पछार गरे । त्यस लगत्तै उनको केरावालीमा पुगेर पाक्नै लागेको ३२ वटा केरा छपाछप टुक्राई दिए । उनको केराले आफ्नो घरलाई असर गरेको भन्दै श्रेष्ठले उनको केरा फाँडेको स्वीकार गर्छन ।
,
उनिहरुले ठुलो खालको केराको वोट लगाएर मेरो घर परिवारलाई असर ग¥यो , ओसेप प¥यो , सर्पहरुले समेत कुनै मानविय क्षति निम्ताउन सक्ने भयो , मैले पटक पटक केरा ढाल्नुस भन्दा पनि उनले नमाने पछि आफै गएर ढलाई दिएको हुँ, श्रेष्ठले भने , गल्ती गरेछु स्वीकार गर्छु तर क्षतिपुर्ति भने तिर्दिनँ । ’
राजकुमार श्रेष्ठ र उनका छोरा विजेन्द्र श्रेष्ठ भन्छन कानुनी राज्य नै नभएको महसूस गरेका छौं , गाउँपालिका देखि जिल्ला प्रहरी कार्यालय सम्म पुग्दा पनि अहिले सम्म न्याय पाएनौं । ’ पीडित परिवार खैरेनी ईलाका प्रहरी कार्यालयमा पुगे ।
जिल्ला प्रहरी कार्यालयमा पनि आए तर त्यहाँको प्रहरीले वडाको सिफारिस लिएर आउनुस भनेर पठाई दियो । त्यस वडाका वडाध्यक्ष भिमलाल पाण्डेले पनि छलफल गराए । श्रेष्ठले गल्ती स्वीकार भने गर्ने तर क्षतिपुर्ति दिन नमान्ने अडान लिए पछि गाउँपालिकाको न्यायिक समितिमा पठाएको वडाध्यक्ष पाण्डे बताउँछन ।
न्यायिक समितिकी संयोजक गाउँपालिका उपाध्यक्ष सुवर्ण शाहीले पनि पहिलो छलफल गराउँदा श्रेष्ठले गल्ती स्वीकार गर्ने तर क्षतिपुर्ति दिन नमानेका कारण स्थगित गरिएको बताईन । गाउँपालिका प्रमुख पारिश्वर ढकाललले आज न्यायिक समितिले छलफल राखेको बताए ।
उनको केरावालीले छिमेकीलाई असर गरेको सत्य हो तर त्यसरी कानुन हातमा ल्याएर फँडानी गर्न हुँदैन्थ्यो , त्यही प्रकृया गलत भएका कारण आज पुनः छलफल राखिदै छ ढकालले भने । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले त्यस घटनाबारे आफुले जानकारी पाएकोले त्यस गाउँपालिका संग सहजीकरण गर्ने बताए ।
उक्त घटना प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले पनि नजिकबाट नियाल्दै आएको बताए । त्यस्तो पनि गर्न पाईन्छ ? कसको आडमा त्यसरी वल प्रयोग गरेर क्षति गर्दा पनि अहिले सम्म कार्वाही हुन सकेन ? मन्त्री वरालले भने यस सम्वन्धमा त्यहाँको प्रहरी प्रमुखलाई पनि मैले निर्देशन दिई सकेको छु ।
प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतको ध्यानकृष्ट गराउँदा उनले आजै दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन मातहतको प्रहरीलाई निर्देशन दिई सकेको बताए ।
‘अहिले सम्म गाउँपालिका मै छलफल गराईएको रहेछ , अब जिल्ला मै गराईन्छ , पीडित, पीडक बझुेर न्याय दिलाईने छ ,– बस्नेतले भने । स्थानिय सकारको गठन पछि न्यायिक समितिले नै उजुरी हेर्न थाले पछि ढिला सुस्ती र जनप्रतिनिधी बिचमा एकले अर्कालाई काँखी च्याँप्ने शिलशिला बढेको छ र पिडितलाई गलाउन थालिएको घटना अन्य पालिकाबाट पनि गुनासो आएको छ ।
त्यस सत्यवतीमा पनि एक पक्षले केरा फँडानी गर्नेलाई बचाउको प्रयास गरेको र अर्को पक्षले कानुन हातमा लिनेलाई कार्बाही हुनु पर्नेमा अडान लिएको बताईएको छ । पालिका स्तरको न्यायपालिका यति वेला राजनैतिक हस्तक्षेपको शिकार हुन पुगेको आईतबार गुल्मीको सदरमुकाममा आयोजित एक कार्यक्रममा अधिकारकर्मीहरुले समेत बताएका छन ।