बागलुङ, २०७५ मंसिर २४ । बागलुङ उद्योग बाणिज्य संघको १७ औँ महाधिवेशनमा दयाराम पौडेल नेतृत्वको प्यानलले घरदैलो अभियान सञ्चालन गरी मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
अध्यक्ष सहित उद्योग सदस्य र खुल्ला सदस्य गरी १९ पदका लागि भएको निर्वाचनमा पौडेल प्यानलबाट १÷१ उद्योग तथा महिला सदस्य र ३ जना खुल्ला सदस्य गरी ५ जना निर्वाचित भएका छन् ।
मतदातालाई धन्यवाद दिदैँ अध्यक्षका उमेदवार तथा निवर्तमान महासचिव पौडेलले संघमा नभएपनि सम्पुर्ण व्यवसायीको हक हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् । उनले जिल्लाको पर्यटन, आर्थिक, भौतिक विकासका लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने बताए । पौडेलले उद्योग बाणिज्य संघ सबै व्यवसायीको साझा संस्था भएकाले सबैलाई एकैसाथ लिएर जान आग्रह समेत गरे ।
चुनावमा अगाडी बढाएका प्रतिबद्धतालाई कार्यान्वयन गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट पहल गर्ने बताए । मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर जस्ता राष्ट्रिय गौरवका आयोजना समयमा नै सम्पन्न गर्नका लागि सरोकारवाला निकायसंग समन्वय गर्न पछि नहडट्ने समेत बताए ।
यही मंसिर २२ गते भएको निर्वाचनमा अध्यक्ष पदमा पौडेल, उद्योग तर्फ हेमबहादुर खत्री र सन्दिप खड्का एवं महिला सदस्यमा शर्मिला खड्का र यमकला रानाले उमेदवारी दिएका थिए ।
यस्तै खुल्ला सदस्यमा संजयकुमार श्रेष्ठ, अर्जुन चोखाल, बद्री ढुंगाना, राजकुमार श्रेष्ठ, पुनमप्रसाद शर्मा, रामराज गुरुङ, लक्ष्मण शर्मा, अजय श्रेष्ठ (रविन), लोकेन्द्रबहादुर केसी, हरिप्रसाद आचार्य, प्रचण्ड राजभण्डारी, कृष्णबहादुर कार्की, अनिस खाती, राजु खड्का रहेका थिए ।